सार्वजनिक जग्गा संरक्षण गर्न रास्वपा तारकेश्वरले ध्यानाकर्षण–पत्र बुझायो

तारकेश्वर नगरपालिका वडा नं. ९ को मचागाः लगायतका नगरभित्रका सम्पूर्ण सार्वजनिक जग्गा संरक्षण गर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगर समितिले तारकेश्वर नगर उपप्रमुख मार्फत् नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ ।
रास्वपा तारकेश्वर नगर सभापति बिनोद चापागाईले आज तारकेश्वर नगरपालिका वडा नं. ९ को लोकतान्त्रिक चोकसँगै रहेको सार्वजनिक जग्गाको विषयमा स्थानीय जनसमुदाय, जनप्रतिनिधि, संघीय संसद् तथा विभिन्न संचार माध्यममा उठेको गम्भीर आवाजमा राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगर समितिको ध्यानाकर्षण भएको पत्रमा उल्लेख गरिएको छ ।
सो पत्रको बोधार्थ तारकेश्वर वडा नं. ९ कार्यालयलाई प्रदान गरिएको छ ।
ज्ञापन पत्रमा उल्लेख गरिएको पत्रानुसार– स्थानीय सरकार तथा नगर प्रमुखको मुख्य दायित्व भनेकै स्थानीय सार्वजनिक सम्पत्ति संरक्षण हुनुपर्नेमा नगर प्रमुखका वर्तमान गतिविधीले आम नगरबासीहरूमा सार्वजनिक सम्पत्ति संरक्षणमा मात्र नभई सुशासनप्रति समेत गम्भीर प्रश्न आशंका उत्पन्न गराएको छ ।
अतः सम्बन्धित विषयमा सम्बन्धित सरोकारवालाको उपस्थितिमा सत्यतथ्य छानविन गरी कसुरको सार्वजनिक गरी, संलग्नलाई कानुन बमोजिमको कारवाही गर्न तारकेश्वर नगरभित्र भएका सबै किसिमका सार्वजनिक सम्पत्तिको संरक्षणको सन्दर्भमा नगरबासीलाई आस्वस्त हुने वातावरण निर्माणका लागि यो ध्यानाकर्षण गराईएको व्यहोरा अनुरोध छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सार्वजनिक जग्गा संरक्षण गर्न रास्वपा तारकेश्वरले ध्यानाकर्षण–पत्र बुझायो
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्