Techie IT
सोमबार, वैशाख ८,२०८२

टोखाको चख्खु चोकबाट पञ्चेटार जाने सडक पिच हुँदै, ६ र ७ गते दुई दिन बाटो बन्द


टोखा । टोखा नगरपालिका–३ स्थित चख्खु चोकबाट पञ्चेटार जाने सडक स्तरउन्नतिको क्रममा आगामी २०८१ साल चैत ६ र ७ गते दुई दिनका लागि बाटो बन्द गरिने भएको छ।

टोखा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रमेश डंगोलका अनुसार सडक पिचको लागि प्राइम छर्ने कार्य हुन लागेकोले सो सडक केही दिनका लागि बन्द रहनेछ। यात्रु तथा सवारी चालकहरूलाई बैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको छ।

निर्माण कार्यका कारण यात्रुहरूलाई पर्न जाने असुविधाप्रति वडा कार्यालयले क्षमायाचना गरेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #६ र ७ गते दुई दिन बाटो बन्द, #breaking, #टोखाको चख्खु चोकबाट पञ्चेटार जाने सडक पिच हुँदै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:31 am6:33 pm +0545