Techie IT
सोमबार, वैशाख ८,२०८२

नुवाकोट-टोखा छहरे सडक खण्डमा बस र हाइलक्स ठोक्किँदा दुर्घटना


नुवाकोट, चैत ५ । नुवाकोट-टोखा छहरे सडक खण्डको छहरे बजार नजिकै यात्रुवाहक बस र हाइलक्स जिप ठोक्किँदा दुर्घटना भएको छ।

नुवाकोटबाट काठमाडौं जाँदै गरेको प्रदेश ३-०१-०२४ च २४८२ नम्बरको हाइलक्स र विपरीत दिशाबाट नुवाकोटको दुप्चेश्वरतर्फ आइरहेको ना ३ ख २४९९ नम्बरको बस मंगलबार बिहान ११:३० बजे ठोक्किएको हो।

दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। स्थानीयवासीका अनुसार सडक साघुरो भएका कारण यस क्षेत्रमा दुर्घटनाको जोखिम बढ्दै गएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #नुवाकोट-टोखा छहरे सडक खण्डमा बस र हाइलक्स ठोक्किँदा दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:31 am6:33 pm +0545