Techie IT
सोमबार, वैशाख ८,२०८२

टोखाको झोरबाट पक्राउ परेका लामा २५ करोड बराबरको विदेशी मुद्रा बोकेर जाँदै थिए केरुङ


५ चैत, काठमाडौं । काठमाडौंको टोखा नगरपालिकास्थित झोर क्षेत्रबाट २५ करोड रुपैयाँ बराबरको यूरो र अमेरिकी डलरसहित एक व्यक्ति पक्राउ परेका छन्। प्रारम्भिक अनुसन्धान अनुसार, उनी रसुवाको केरुङतर्फ उक्त रकम लैजाँदै थिए।

सोमबार राति ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर रकम लैजाँदै गर्दा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामालाई पक्राउ गरेको हो। लामाले चालक सिट पछाडि फल्स बटम बनाएर रकम लुकाएको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

पक्राउ परेका लामालाई मंगलबार दिउँसो प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्यो।

पहिले पनि सुन तस्करीमा पक्राउ

प्रहरीका अनुसार, लामा यसअघि पनि सुन तस्करी प्रकरणमा पक्राउ परेका थिए। सन् २०७८ मा ७ किलो सुनसहित कलंकीबाट पक्राउ परेका उनी पछि रिहा भएका थिए।

उनलाई रसुवाबाट गल्छी हुँदै काठमाडौं आइरहेको बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीबाट प्रहरीले ७ किलो सुनसहित पक्राउ गरेको थियो।

प्रहरीले लामाविरुद्ध थप अनुसन्धान अघि बढाएको जनाएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखाको झोरबाट पक्राउ परेका लामा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:31 am6:33 pm +0545