टोखा झोर महाकाल क्षेत्रबाट ट्रकबाट रू २५ करोड नगद र विदेशी मुद्रा बरामद, दुई जना पक्राउ

काठमाडौं । चीनको केरुङतर्फ लगिँदै गरेको अवस्थामा प्रहरीले स्रोत नखुलेको करोडौं रकम बरामद गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टोखाबाट छहरेको बाटो हुँदै अगाडि बढ्न खोज्दा एक ट्रकलाई नियन्त्रणमा लिई अनुमानित अमेरिकी डलर ३ लाख २० हजार ३८५ र १३ लाख ७५ हजार युरो बरामद गरेको हो ।
नेपाली विनिमय दरका आधारमा उक्त रकम २५ करोड २१ लाख ४४ हजार हुनसक्ने कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए ।
‘रकम गन्ने काम हुँदैछ, अनुमानित रकममात्रै सार्वजनिक गरिएको हो’, उनले बताए । यसबारे जानकारी दिन अपराह्न १ः३० मा पत्रकार सम्मेलनको आयोजना गरिएको उनले बताए ।
रकमका साथ केही मानिस पक्राउ परेको र उनीहरुमाथि अनुसन्धान भइरहेको प्रवक्ता आचार्यले बताए । ‘कसले पठाएको, कहाँ लगेको र किन लगेको भन्ने कुरा अनुसन्धानपछि मात्रै भन्न सकिन्छ’, उनले भने ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा झोर महाकाल क्षेत्रबाट ट्रकबाट रू २५ करोड, #ट्रकमा केरुङ लगिँदै थियो डलर र युरोसहितको स्रोत नखुलेको करोडौं रकम
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्