पूर्वराजाका समर्थकको प्रदर्शनलाई दृष्टिगत गर्दै एयरपोर्टको गोल्डेनगेटबाट ११ बजेदेखि प्रवेश कडा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किने क्रममा उनका समर्थकले गर्ने प्रदर्शनलाई लक्षित गर्दै अहिले ११ बजेदेखि सुरक्षा व्यवस्थामा कडाइ गरिँदै छ । पूर्वराजा शाह अपराह्न ३ बजे हवाईमार्ग हुँदै पोखराबाट काठमाडौं आउने कार्यक्रम छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार आजको प्रदर्शनलाई लक्षित गर्दै नेपाल प्रहरीको काठमाडौं स्थित विभिन्न गण र गुल्मबाट थप मद्दत टोली तैनाथ हुँदैछन् । उनीहरू ११ बजेदेखि तोकिएको स्थानमा तैनाथ रहन्छन् ।
काठमाडौंस्थित जिल्ला प्रहरी परिसरसहित सम्पूर्ण वृत्त र प्रभागका टोली आवश्यकताअनुसार विभिन्न ठाउँमा रहने एसपी बोहराले बताए ।
सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै अहिले ११ बजेदेखि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेनगेटबाट विमानस्थल प्रवेशमा कडाइ गरिने भएको छ । विभिन्न गन्तव्यमा जाने यात्रुको पहिचान गरेर मात्रै गोल्डेनगेटबाट प्रवेश दिइने प्रहरीले जनाएको छ ।
गोल्डेनगेटदेखि गौशालासम्मलाई उच्च सतर्कता स्थलका रूपमा लिइएको प्रहरी स्रोतले जनायो ।
ट्राफिक व्यवस्था डाइभर्ट
आज दिउँसो तीनकुनेदेखि गौशालासम्मको सवारी आवागमन अस्तव्यस्त रहने ट्राफिक महाशाखाका प्रमुख एसएसपी विनोद घिमिरेले बताए ।
महाशाखाले दिउँसो १२ बजेपछि उक्त रुटमा सवारी सवारी साधन प्रवेशमा रोक लगाउने सम्भावना रहेको घिमिरेले बताए । उनका अनुसार तीनकुनेबाट गौशाला जानुपर्ने सवारी साधनलाई नयाँ बानेश्वर तर्फ डाइभर्ट गरिने सम्भावना छ । चावहिल-जोरपाटी जाने सवारी साधनलाई पेप्सीकोला, काडाघारी हुँदै डाइभर्ट गर्ने सकिने उनले बताए ।
‘त्यसबेलाको अवस्था हेरेर कताबाट गाडीहरू पठाउने भन्ने हुन्छ, तीनकुने-गौशालाको बाटो चलाउनचाहिँ गाह्रो पर्छु,’ उनले भने ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पूर्वराजाका समर्थकको प्रदर्शनलाई दृष्टिगत गर्दै एयरपोर्टको गोल्डेनगेटबाट ११ बजेदेखि प्रवेश कडा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्