टिप्परका लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न सांसद झाको माग

काठमाडौं, फागुन २३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले टिप्परले कानुन नमान्दा दुर्घटनाहरु बढेको भन्दै टिप्परका लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न माग गर्नुभएको छ । बुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो माग गर्नुभएको हो ।
उहाँले स्थानीय तहका जनप्रतिनिहरुका लगानी भएका टिप्परहरुले कानुन मान्ने नगरेको उहाँको आरोप छ । टिप्परको व्यवस्था पनि राज्य संयन्त्र नै कमजोर रहेको उहाँको भनाइ छ । सांसद झाले सीतापाइला र धार्केमा टिप्पर हिँड्न अनुमति नदिएको भए पनि जबरजस्ति हिँडिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘धेरै स्थानीय तहका प्रतिनिधिहरुको लगानी रहेको छ । टिप्परका उनीहरुले कानुन मान्दैनन् । टिप्परलाई फरक लाइसेन्सको व्यवस्था गरियोस् भनेर टेक्निकल एडभाइस पनि आएको छ । अर्को कुरा, सीतापाइला र धार्केमा टिप्पर हिँड्न अनुमति दिइएको छैन तर जबरजस्ती गुडाउँछन् । किनकी स्थानीय नेता र ठेकेदारहरुको लगानी भएकाले सरकार र राज्य पनि एकदमै कमजोर भएको छ । यस्तो अवस्थामा हामीले कसरी नियन्त्रण गर्न सक्छौं । कि यो मृतकको सङ्ख्यामात्र गनेर बसिराख्ने हो ?’’
उहाँले सरकारले सडक दुर्घटना न्यूनीकरण पनि गर्ने हो कि मृतकको सङ्ख्या मात्र गनेर बस्ने हो भन्दै प्रश्न समेत गर्नुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टिप्परका लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न सांसद झाको माग
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्