Techie IT
सोमबार, वैशाख ८,२०८२

लेकसाइडको झडपमा ११ नगरप्रहरी घाइते, महानगर प्रवक्ता भन्छन्- हतियार राखेर कस्तो महायज्ञ ?


काठमाडौं । पोखरा लेकसाइडमा कोटिहोमको भूमिपुजन नगर प्रहरीले रोक्न खोज्दा झडप भएको छ । सोक्रममा ११ जना नगर प्रहरीसहित केही घाइते भए ।

 

विजय भण्डारी नेतृत्वको मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न लागेको थियो । अनुमति बेगर भूमिपुजन गर्न लागेको भन्दै रोक्न महानगर प्रहरीको टोली पुगेको थियो ।

फाउन्डेसनका संस्थापक विजय भण्डारीले जुनसुकै हालतमा कोटिहोम गर्ने अडानका साथ भूमिपुजन लागेपछि झडपको अवस्था आएको महानगरको भनाइ छ ।

 

महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना त्यहाँ भूमिपुजनको स्वीकृत छैन भनेर नगर प्रहरी जाँदा हातपात भएको बताउँछन् ।

महानगर रोक्न पुगेका नगर प्रहरीमाथि विजय भण्डारीका समर्थकले कुटपिट गरेको उनले बताए । त्यसलाई रोक्न प्रहरीले समेत असहयोग गरेको तिम्सिनाको गुनासो छ ।

उनले भने, ‘हात हतियार राखेर महायज्ञ गर्ने कस्तो खालको महायज्ञ हो ? महानगरले कोटिहोम गर्न दिनु हुँदैन भन्ने पक्षमा होइन । तर, त्यो ठाउँ (लेकसाइड) महायज्ञका लागि उपयुक्त होइन भन्ने हो ।’

 


क्याटेगोरी : समाचार
ट्याग : #महानगर प्रवक्ता भन्छन्- हतियार राखेर कस्तो महायज्ञ ?, #लेकसाइडको झडपमा ११ नगरप्रहरी घाइते


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545