बालेनको घरमा माओवादीको जागरणसभा, प्रचण्डले भने- हामी मिलेर देश बनाउनुपर्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पुर्ख्यौली घरमा पुगेका छन् । एकडारा गाउँपालिका-२ मा रहेको बालेनको पुर्ख्यौली घरमा माओवादीले कार्यक्रम आयोजना गरेको थियो ।
माओवादीको जागरण कार्यक्रममा बोल्दै उनले बालेको घरमा पुग्दा रमाइलो महशुस भएको बताएका छन्।
जनतासँग माओवादी तराई मधेश जागरण अभियान अन्तर्गत आज महोत्तरी पुगेका प्रचण्डले सबै मिलेर देश बनाउनुपर्ने बताए।
उनले भने, ‘बालेन साहको पुर्ख्यौली, उहाँको बालगायत काकाहरुको घरमा हामी आइपुगेका छौं। यो पनि एउटा रमाइलो महसुस भाछ बालेनजीले पनि सुनिरहनु भएको होला। तपाईंहरुले यो परिचय पनि दिनुभयो। त्यसैले हामी सबै मिलेर यो देश बनाउनुछ।’
उनले जनताको बलिदानबाट आएको पहिचान र अधिकारको मुद्दालाई, समावेशी र समानुपातिकलाई उट्याउने प्रयास भइरहेको बताए।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रचण्डले भने- हामी मिलेर देश बनाउनुपर्छ, #बालेनको घरमा माओवादीको जागरणसभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्