तारकेश्वर नगरपालिका-५, लोलाङ हाईटबाट नारायणदत्त खकुराल पक्राउ

काठमाडौँ, फागुन २२ गते । सामाजिक सञ्जाल फेसबुकमार्फत नक्कली आइडी बनाई आर्थिक ठगी गर्ने एक युवकलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ। आरोपीले विदेशमा रहेका व्यक्तिहरूको फोटो प्रयोग गरी नक्कली फेसबुक आइडी बनाउने र उनीहरूको आफन्तसँग रकम ठगी गर्ने कार्य गर्दै आएको प्रहरीले बताएको छ।
प्रारम्भिक अनुसन्धानका अनुसार, आरोपीले वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको फेसबुक प्रोफाइल अध्ययन गरी उनीहरूको नाम र फोटो प्रयोग गरेर नक्कली आइडी बनाउँथे। त्यसपछि, ती नक्कली खाताबाट उनीहरूका आफन्तलाई सम्पर्क गरी आफू बिरामी भएको वा अस्पतालमा भर्ना भएको नाटक गर्दै आर्थिक सहयोगको नाममा रकम माग्ने गर्थे।
प्रहरीका अनुसार, आरोपीले पीडितहरूलाई व्यक्तिगत बैंक खाता नभएको भन्दै, आफन्त वा विभिन्न पसलहरूको QR कोड पठाएर रकम जम्मा गर्न अनुरोध गर्ने गर्थे। यसै तरीकाबाट उनले नगद ठगी गर्दै आएको पाइएको छ।
प्रहरी अनुसन्धानका क्रममा ठगीमा संलग्न व्यक्तिको नाम नारायण दत्त खकुराल रहेको खुलेको छ। उनी धादिङ जिल्ला निवासी हुन् र हाल काठमाडौँमा बसोबास गर्दै आएका थिए। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई फागुन २० गते तारकेश्वर नगरपालिका-५, लोलाङ हाईट क्षेत्रबाट पक्राउ गरेको हो।
प्रहरीले आरोपीलाई थप अनुसन्धानका लागि फागुन २१ गते काठमाडौँ जिल्ला प्रहरी परिसर, भद्रकाली पठाई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तारकेश्वर नगरपालिका-५, #लोलाङ हाईटबाट नारायणदत्त खकुराल पक्राउ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्