Techie IT
मंगलबार, वैशाख ९,२०८२

मन्त्रिपरिषद् बैठकले सोध्यो कुलमान घिसिङलाई ३ दिने स्पष्टीकरण


काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ३ दिने स्पष्टीकरण सोधेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई ‘प्राधिकरणको कार्यकारी निर्देशकबाट किन नहटाउने ?’ भन्दै स्पष्टीकरण सोधेको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार स्पष्टीकरण सोध्नका लागि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई जिम्मेवारी दिएको हो । उर्जामन्त्री दिपक खड्काले यस अघि नै २ बुँदे स्पष्टीकरण सोधिसकेका छन् । घिसिङले आफुलाई उर्जामन्त्रीले स्पष्टीकरण सोध्ने अधिकार नभएको वक्तव्य दिइसकेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मन्त्रिपरिषद् बैठकले सोध्यो कुलमान घिसिङलाई ३ दिने स्पष्टीकरण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545