मिटरब्याजी कल्पना गैरे नयाँ बानेश्वरबाट पक्राउ

काठमाडौं, १८ फागुन । प्रहरीले मिटरब्याजी कल्पना गैरेलाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाल्पा घर भई कैलालीको धनगढी उपमहानगरपालिका बस्दै आएकी ३९ वर्षीया गैरेलाई काठमडाौंको नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।
मिटर ब्याजमा ठगी गरेको आरोपमा केही समयअघि उनीमाथि धनगढीको चौराहामा कुटपिटसमेत भएको थियो । प्रहरीले गैरेविरूद्व शुक्रबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो । उद्योग वाणिज्य संघको केन्द्रीय सदस्य रहिसकेकी गैरे कैलालीको अत्तरिया र धनगढीमा ‘धर्मरुद्र’ नामक अस्पताल सञ्चालन गर्दै आएकी थिइन्। हाल उक्त अस्पताल बन्द रहेको बताइएको छ ।
उनी विभिन्न बहानामा ठगी गर्ने गिरोहकी मुख्य सदस्यका रूपमा चिनिन्छिन्। कैलालीमा ठूलो मात्रामा रकम ठगी गरेपछि पछिल्लो समय उनी पोखरामा लुकेर बसेको प्रहरीले जनाएको छ । गैरेमाथि जबरजस्ती चोरी, ठगी, र आपराधिक लाभ लिएको आरोप लागेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मिटरब्याजी कल्पना गैरे नयाँ बानेश्वरबाट पक्राउ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्