अन्तर्राष्ट्रिय खेलका लागि दशरथ रङ्गशाला पुन: अयोग्य

काठमाडौँ, फागुन १७ गते । नेपालको एउटा मात्र अन्तर्राष्ट्रिय दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय स्तरको फुटबल खेल आयोजना गर्न अयोग्य ठहरिएको छ ।
एसियाली फुटबल महासङ्घ (एएफसी) का प्रतिनिधिले दशरथ रङ्गशालामा फुटबल खेलाउन पुन: अयोग्य सावित गरेपछि एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत नेपालले मलेसियासँग खेल्ने खेल मलेसिया सरेको छ । नेपालले छनोटको पहिलो लेग मलेसियासँग आगामी मार्च २५ तारिख दशरथ रङ्गशालामा खेल्ने तय भएको थियो ।
दशरथ रङ्गशालाको मापदण्ड पूरा गर्न नसक्दा पहिलो लेख मलेसियाको जोहोरमा सरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो । शाहका अनुसार दशरथ रङ्गशालामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को मातहतमा हुँदा राखेपले एएफसीको प्रतिनिधिलाई मापदण्ड अनुसारको मैदानको कागजात दिन सकेन ।
‘‘मैदान निरीक्षणमा आएका प्रतिनिधिले अयोग्य ठानेपछि खेल खेलाउन सक्ने अवस्था भएन । मैदानको रिपोर्ट बनाउने र सुरक्षाको विषयमा आस्वस्थ पार्न नसक्दा एएफसीका प्रतिनिधि सन्तुष्ट भएनन् । तर छनोटको दोस्रो लेग नेपालमा खेलाउने प्रयास भइरहेको छ,’’ प्रवक्ता शाहले भन्नुभयो ।
एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत मलेसियासँग खेलेपछि नेपालले जुन १० मा लाओससँग उसैको मैदानमा खेल्नेछ। त्यसपछि नेपालले अक्टोबर १० मा नेपाल भियतनामसँग खेल्नेछ । नेपालले अक्टोबर १५ मा भियतनामसँग दोस्रो लेग दशरथ रङ्गशालामा र नोभेम्बर १८ मलेसियासँग, मार्च ३१ मा लाओससँग दशरथ रङ्गशालामै खेल्ने तालिका छ ।
‘होम एन्ड अवे’ प्रणालीमा खेलिने छनोट खेलहरू यसअघि पनि दशरथ रङ्गशालालाई अयाेग्य भन्दै बाहिर सञ्चालन गरिएको थियो । नेपालले फिफा विश्वकप छनोट २०२६ अन्तर्गतका खेल अरूकै मैदानमा खेलेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अन्तर्राष्ट्रिय खेलका लागि दशरथ रङ्गशाला पुन: अयोग्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्