संखुवासभामा मकालु महोेत्सव सुरु
मकालु हिमाल आरोहणको ७० बर्ष पूरा

खाँदबारी (संखुवासभा), १४ फागुन । संखुवासभामा रहेको मकालु हिमाल आरोहणको ७० वर्ष पुरा भएको अवशरमा मकालु गाउँपालिकाले बुधबारबाट मकालु महोत्सव आयोजना गरेको छ । मकालु गाउँपालिकाको केन्द्र नुमबजारमा आयोजित कार्यक्रममा जिल्लामा भएका जातजातिका झाँकी प्रदर्शन गरिएको थियो । झाँकीले नुमको बिभिन्न स्थानको परिक्रमा गरेको थियो । भाषा आयोगका सदस्य डा पुस्करदेब भट्ट, कोशी प्रदेशका पूर्वमन्त्री तथा संखुवासभाका प्रदेश सांसद राजेन्द कार्की र मकालु गाउँपालिकाका अध्यक्ष वाङदी शेर्पाले पानसमा बत्तिबालेर महोत्सवको उदघाटन गर्नुभएको थियो ।
विश्वको पाँचौ अग्लो हिमाल मकालु ८ हजार ४ सय ६३ मिटर उचाईमा छ । मकालु हिमालको शिखरमा मानव पाइला टेकेको ७० वर्ष पुरा भएको गाउँपालिका अध्यक्ष शेर्पाले बताउनुभयो । सन् १९५५ को मे १५ मा जिन फ्रान्को नेतृत्वको ‘फ्रान्स स्प्रिङ १०५५’ नामक आरोहण दलबाट जिन कोजी र लियोनर टेरी पहिलो पटक मकालुको शिखरमा पुगेको शेर्पाले बताउनुभयो । मकालु हिमालको पश्चिम मोहडाबाट शिखर चुम्न सफल दुवै आरोही जीवित छैनन् । सर्वोच्च शिखर सगरमाथामा चुमेको ठिक दुई वर्षपछि मकालु हिमालको आरोहण सफल भएको अध्यक्ष शेर्पाले बताउनुभयो।
मकालु महोत्सवको अवशरमा दक्षिण एसियाली साहित्यिक साँस्कृतिक सम्मेलन पनि उदघाटन गरिएको छ । बुधबारबाट सुरु भएको महोत्सव र सम्मेलन फागुन १७ सम्म चल्ने छ । दक्षिण एसियाका विभिन्न मुलुकबाट साहित्यकार र कलाकारहरुको उपस्थिति भएका छन् । उनीहरुले आ-आफनो देशको भाषा संस्कृति पनि पदर्शन गरेका छन् ।
मकालु महोत्सवले धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष शेर्पाको भनाई छ । महोत्सवले मकालुको मात्र नभई संखुवासभाको पर्यटन, सांस्कृतिक साथै साहित्यिक क्षेत्रमा टेवा पुग्ने उहाँले बताउनुभयो । दक्षिण एसियाली सम्मेलनको संयोजन मकालु साहित्य समाजले गरेको हो । महोत्सवका अवसरमा गाउँपालिकालाई विभिन्न क्षेत्रबाट योगदान गर्नेहरुलाई सम्मान गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #मकालु गाउँपालिका, #संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्