प्रतिपक्ष दलद्वारा संसद् बैठक बोलाउन माग
सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहित अन्य प्रतिपक्षी दलले सामाजिक दूरी कायम गर्ने व्यवस्था मिलाई तत्काल सङ्घीय संसद्को बैठक बोलाउन सरकारसँग माग गरेका छन् ।
काँग्रेसको आग्रहमा आज सो दलसहित राष्ट्रिय जनता पार्टी नेपाल, समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुको बैठकले सोमबार जारी गरिएको संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी अध्यादेशले नेपालको संविधानको मूल मर्ममा आक्रमण गरेको निष्कर्ष निकाल्दै संसद् बैठक बोलाउन माग गरेका हुन् । कोरोना सङ्क्रमणको कारण देश लकडाउनका अवस्थामा रहेका बेला जारी गरिएका ती अध्यादेशले संविधानको मूल मर्म र लोकतान्त्रिक मूल्यमान्यताको उल्लङ्घन गरेको बैठकले आरोप लगाएको छ ।
बैठकपछि काँग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक शरत्सिंह भण्डारी, समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले संयुक्त विज्ञप्ति जारी गरी दुवै अध्यादेश तत्काल फिर्ता लिन माग गर्नुभएको छ । बैठकले लकडाउनका अवस्थामा जनता खाद्यान्नलगायत न्यूनतम आवश्यकताबाट विस्तारै वञ्चित हुँदै गएकामा चिन्ता व्यक्त गरेको छ । साथै राहत, उद्धार र कोरोना सङ्क्रमणका सम्भावितलाई दु्रत गतिमा जाँच गर्न र स्वास्थ्य सेवाबाट वञ्चित रहेका नागरिकप्रति संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराइएको छ ।
बैठकले राजनीतिक दल, नागरिक समाज र आमनेपालीमा सरकारको उक्त कदमप्रति थप चनाखो भई सचेत र जागरुक हुन अपिल गर्दै सङ्घीय संसद् बाहिर रहेका राजनीतिक दल र नागरिक समाजसँग पनि थप अन्तक्र्रिया र छलफल गर्ने निर्णय गरेको छ । “हाल लकडाउनको अवस्थामा त्यसको सीमाभित्र रहेर सरकारको यो कदमको विरुद्धमा जनमत सिर्जना गर्न निरन्तर क्रियाशील रहने र लकडाउनपछि सरकारको यस कार्यविरुद्ध आवश्यक कदम उठाउन बाध्य हुने यो बैठक निर्णय गर्दछ”, विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा काँग्रेसकाबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा प्रकाशशरण महत, नेताहरु गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, बालकृष्ण खाँण, विश्वप्रकाश शर्मा र राधेश्याम अधिकारी, राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव र भण्डारी, समाजवादी पार्टीका तर्फबाट यादव तथा नेता डा बाबुराम भट्टराई, , अशोककुमार राई र राजेन्द्रप्रसाद श्रेष्ठ तथा राप्रपाबा राणा उपस्थित हुनुहुन्थ्यो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रतिपक्ष दल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्