Techie IT
मंगलबार, वैशाख ९,२०८२

दूध परीक्षणका लागि तारकेश्वर नगरपालिकाले मिल्क एनालाइजर उपलब्ध गराउने


काठमाडौं, फागुन १३ । तारकेश्वर नगरपालिका, पशुपन्छी विकास शाखाले उत्कृष्ट डेरी व्यवसाय सञ्चालन गर्ने कृषि सहकारी तथा समूहलाई ६०% अनुदानमा मिल्क एनालाइजर मेसिन वितरण गर्ने भएको छ।

नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम अनुसार दूध संकलन, प्रशोधन तथा दुग्ध पदार्थ उत्पादनमा संलग्न कृषि सहकारी तथा समूहलाई आधुनिक प्रविधिमा जोड दिने उद्देश्यले यो योजना ल्याएको हो।

परम्परागत रूपमा दूधको गुणस्तर परीक्षण गर्दा लामो समय लाग्ने, वास्तविक मूल्य निर्धारणमा कठिनाइ हुने तथा किसानले दूधको सही मूल्य पाउन नसक्ने समस्या हुँदै आएको छ। मिल्क एनालाइजर मेसिनले दूधमा रहेको हावा, पानी, एसएनएफ (Solid-Not-Fat) को मात्रा तुरुन्त पत्ता लगाउने भएकाले किसान तथा सहकारी दुवैलाई पारदर्शी ढंगले कारोबार गर्न सहज हुनेछ।

नगरपालिकाको पशुपंक्षी विकास शाखाका अनुसार यस कार्यक्रमले डेरी व्यवसायलाई प्रविधिमैत्री बनाउँदै शुद्ध र गुणस्तरीय दूध उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

यस योजनामा सहभागी हुन इच्छुक कृषि सहकारी तथा समूहहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र (२०८१ फागुन २५ गतेसम्म) तारकेश्वर नगरपालिकाको पशुपन्छी विकास शाखामा निवेदन पेश गर्नु पर्नेछ।

निवेदनका लागि आवश्यक कागजातहरूमा १) निवेदन पत्र – कृषि सहकारी वा समूहको आधिकारिक निवेदन। २) . सम्बन्धित वडाको सिफारिस – सहकारी / समूहको दूध उत्पादन तथा विक्री वितरण सम्बन्धी वडाबाट प्रमाणित पत्र। ३). कृषि सहकारी वा समूहको दर्ता प्रमाणपत्र – सरकारी निकायमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि। ४) . कर चुक्ता प्रमाणपत्र – सहकारी वा समूहले कर तिरेको प्रमाणित प्रतिलिपि। ५) . बैठक निर्णयको प्रतिलिपि – सहकारी वा समूहको आधिकारिक बैठकबाट पारित निर्णय पत्र। ६) . प्रतिबद्धता पत्र – सहकारी वा समूहले दूध संकलन, प्रशोधन तथा विक्री वितरणको कार्य नियमित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको पत्र रहेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दूध परीक्षणका लागि तारकेश्वर नगरपालिकाले मिल्क एनालाइजर उपलब्ध गराउने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:30 am6:33 pm +0545