Techie IT
शुक्रबार, चैत्र २८,२०८१

सुख्खा पहिरोले खाँदवारी – किमाथांका सडक अवरुद्ध


कोशी राजमार्ग अन्तर्गत भोटखोला जाने सडक सुख्खा पहिरोले अवरुद्द
खाँदबारी, १२ फागुन । कोशी राजमार्ग अन्तर्गत संखुवासभाको खाँदवारी – किमाथांका सडक खण्डमा सुख्खा पहिरो कारण सडक अवरुद्ध भएको छ।
सोमबार बिहान भोटखोलाको हटिया र हुङ्गगुङग बीचको धिग डाँडा खण्डमा पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले बताउनुभयो । उहाँको अनुसार १५ मिटर माथिबाट ठुलाठुला ढुंगा खसेर सडक अवरुद्ध भएको हो ।
सदरमुकाम खाँदवारीबाट एक सय ९ किलोमिटरको दुरीमा पहिरो खसेको हो । पहिरो खसेपछी भोटखोलावाट खाँदवारी आउने यातायातका साधन वारपार गर्न सकेको छैन। खाँदवारीवाट गएको सवारी साधनपनि बाटैमा अलपत्र परेको छ। पहिरो हटाउन उत्तर दक्षिण कोशी सडक योजना संग अध्यक्ष भोटेले माग गर्नुभएको छ। पहिरोले करिब ३० मिटर सडक पुरिएको छ।

क्याटेगोरी : समाचार
ट्याग : #खाँदवारी - किमाथांका सडक अवरुद्ध, #भोटखोला, #संखुवासभा, #सुख्खा पहिरो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:41 am6:27 pm +0545