ओलीलक्षित प्रचण्डको टिप्पणी- हिजो क्रान्तिको प्रतीक झापा अहिले प्रतिक्रान्तिको बन्ने खतरा देखिँदैछ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो क्रान्तिको प्रतीक रहेको झापा अहिले प्रतिक्रान्तिको प्रतीक बन्ने खतरा देखिएको टिप्पणी गरेका छन् ।
जनतासँग माओवादी तराई मधेस जागरण अभियानको शुभारम्भ गर्न झापा पुगेका प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले भने, ‘झापा हिजो एउटा विद्रोहको प्रतिकका रूपमा चिनिन्थ्यो। त्यति बेला क्रान्तिकारी धारकै नेतृत्व तपाईँहरूले गर्नुभएको थियो। तर, अहिले नेतृत्व पुँजीवादी धारतिर गइसकेको छ। क्रान्तिको धार छोडिसकेको छ ।
उनले आज प्रतिक्रान्तिको खतराबाट जोगाउन अपिल गरे । उनले थपे, ‘फेरि नयाँ समाजवादी क्रान्तिका निम्ति नयाँ ढङ्गले सोच्नुपर्ने भएको छ । फेरी नयाँ एकता गर्नुपर्ने आवश्यकता छ ।’
प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्तित्वहरू हरि अधिकारी र वेदनिधि निरौलालाई सम्मान पनि गरे।
यस्तै, प्रचण्ड लगायत नेताहरूले नेपालकै होचो भूभाग केचनकवलमा नेपाली झन्डा फहराए। पर्यटकीय स्थानका रूपमा उच्च सम्भावना भएको यो स्थानबाट नेपालका सांस्कृतिक विविधता र ऐतिहासिक सम्पदाहरूको संरक्षण र प्रवर्द्धनका लागि अपिल गरे।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ओलीलक्षित प्रचण्डको टिप्पणी- हिजो क्रान्तिको प्रतीक झापा अहिले प्रतिक्रान्तिको बन्ने खतरा देखिँदैछ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्