स्वास्थ्य सचिव पोखरेल र अतिरिक्त सचिव सिंह अनिवार्य अवकाशमा, सचिवको दौडमा तीन अतिरिक्त सचिव

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेल र मन्त्रालयमै कार्यरत स्वास्थ्यतर्फकै अतिरिक्त सचिव डा.दीपेन्द्ररमण सिंह अनिवार्य अवकाशमा गएका छन् । मन्त्रालयले आइतबार एक समारोहकाबीच सेवा तथा उमेर अवधि पुरा गरेका डा.पोखरेल र डा. सिंहको एकैपटक बिदाइ गरेको हो ।
सचिव पोखरेल २०७८ साउन ४ मा स्वास्थ्य सचिवमा बढुवा भएर नियुक्त भएका थिए । बिदाइ कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल तथा मन्त्रालयका जनसङ्ख्या तर्फका सचिव हरिप्रसाद मैनालीले आगामी दिनको शुभकामना दिँदै बिदाइ गरेका छन् ।
डा.पोखरेल र डा.सिंह २०७६ फागुन १२ मा विशिष्ट श्रेणीको प्रमुख विशेषज्ञ पदमा बढुवा भएका थिए । डा.पोखरेल २०७८ साउन ४ मा सचिवमा नियुक्त भएका थिए । दुवै सचिवको बिदाइ भएसँगै सचिव र अतिरिक्त सचिवको पद रिक्त भएको छ । मन्त्रालयमा कार्यरत अतिरिक्त सचिव डा.सङ्गीता कौशल मिश्र, डा.विकास देवकोटा र डा.टङ्क बाराकोटी प्रतिस्पर्धामा छन् ।
सचिव बढुवाको पहिलो बरीयतामा डा.सङ्गीता कौशल मिश्र रहेकी छन् । उनी मन्त्रालयमै अतिरिक्त सचिवको जिम्मेवारीमा छन् ।
यस्तै दोस्रो बरीयतामा डा.विकास देवकोटा र तेस्रो बरीयतामा डा.टङ्क बाराकोटी छन् । देवकोटा स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारीमा छन् भने बाराकोटी मन्त्रालयका अतिरिक्त सचिवको जिम्मेवारीमा छन् ।
देवकोटा र बाराकोटी एकैपटक अतिरिक्त सचिव भएका भए पनि डा.मिश्र भने उनीहरु भन्दा करिब १० महिना अघि नै अतिरिक्त सचिवमा बढुवा भएकी थिइन । कौशलसँगै अतिरिक्त सचिवमा बढुवा भएका डा।गुणराज लोहोनी र डा.श्यामसुन्दर यादव ६० वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गइसकेका छन् ।
देवकोटा महानिर्देशक रहेको स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी मिश्रले यस अघि एक बर्ष सम्हालिसकेकी छन् । बाराकोटी भने मन्त्रालय अन्तरगतको सबैभन्दा बलियो निकाय विभागमा अहिलेसम्म महानिर्देशक भएका छैनन् ।
मिश्रले यस अघि सहसचिव हुँदा परोपकार तथा प्रसूति अस्पताल थापाथलीको निर्देशक, कोशी प्रादेशिक अस्पतालको निर्देशक भइसकेकी छन् भने सहसचिव हुँदा नै मन्त्रालयमा स्वास्थ्य समन्वय महाशाखा प्रमुखको जिम्मेवारी समेत सम्हालीसकेकी छन् । देवकोटाले पनि उक्त महाशाखाकाको जिम्मेवारी सम्हालेका छन् ।
बाराकोटी लामो समय मेची अस्पतालको निर्देशक भएर काम गरेका थिए । अतिरिक्त सचिवमा बढुवा हुनु अघि देवकोटा लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिव भएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #सचिवको दौडमा तीन अतिरिक्त सचिव, #स्वास्थ्य सचिव पोखरेल र अतिरिक्त सचिव सिंह अनिवार्य अवकाशमा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्