पूर्वराजाको आह्वानपछि जाग्यो राप्रपा, पोखरामा विशाल सभा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको आह्वानलाई साथ दिँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सडकमा निस्किएको छ । आज पोखरामा राप्रपाले राजसंस्था पुन:स्थापनको मागसहित विशाल र्याली आयोजना गर्यो ।
राप्रपाको आजको विरोधसभा पूर्वनिर्धारित नै थियो । तर, पूर्वराजाले प्रजातन्त्र दिवसको अवसरमा गरेको सम्बोधनपछि यो आमसभाको महत्व र सान्दर्भिकता बढेको नेताहरूले बताएका छन् । राजाले खोजेको साथ दिन आफूहरू तयार रहेको उनीहरूको भनाइ छ ।
आमसभापूर्व अध्यक्ष राजेन्द्र लिङदेनले नेतृत्व गरेको विशाल र्यालीले नगरपरिक्रमा गरेको थियो । र्यालीमा पार्टीका हस्ती नेताहरूको सहभागीता रह्यो । र्यालीका क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष लिङदेनले राप्रपा अब सडकमा आएको र नयाँ चरणको आन्दोलनको सुरूवात भएको उद्घोष गरे ।
उनले भने, ‘यो भर्खरै सुरुवात भएको छ । कास्टिङ मात्र हो । अब हामी निर्णायक संघर्षमा होमियौं ।’
राजाको आह्वानलाई मजबुत बनाएर लैजाने निर्णय पार्टीले निर्णय गरेको उनले उल्लेख गरे ।
‘राजाको आह्वानले हामीलाई अझ उत्साह प्रदान गरेको छ । सरकारलाई साथ दिएर जाने निर्णय गरेका छौं । यो कार्यक्रमले राजाको आह्वानलाई मुर्तरुप दिन बाटो खुला गर्छ । आन्दोलन प्रारम्भ भयो,’ उनले थपे ।
राजाको आह्वानपछि बल प्राप्त भएको उनले बताए ।
पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले अवस्था र व्यवस्था परिवर्तनको सुरूवात भएको घोषणा गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पूर्वराजाको आह्वानपछि जाग्यो राप्रपा, #पोखरामा विशाल सभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्