Techie IT
मंगलबार, वैशाख ९,२०८२

सुधार केन्द्रमा युवकको मृत्यु, छानबिनको माग


ढल्केबर, फागुन ९ गते । जनकपुरधामस्थित किशोर फाउन्डेसन सुधार केन्द्रमा एक युवकको मृत्यु भएको छ । गणेशमान चारनाथ नगरपालिका–१०, डुमरियाका २० वर्षीय राजकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुधार केन्द्रका व्यवस्थापक सञ्जिव शर्माका अनुसार यादवको घाँटीमा कफ जम्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार बिहान समर अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले सामान्य अवस्था रहेको भन्दै निगरानीमा राख्न सल्लाह दिए पनि साँझ अचानक अवस्था बिग्रिएपछि उहाँलाई प्रादेशिक अस्पताल पुर्‍याइएकाे थियो । अस्पताल पुगेपछि चिकित्सकले यादवलाई मृत घोषित गरेको उहाँले बताउनुभयो ।

तर प्रादेशिक अस्पतालका आकस्मिक कक्ष प्रमुख शरद यादवले अस्पताल ल्याउनुअघि नै यादवको मृत्यु भइसकेको बताउनुभयो । यादव पछिल्लो दुई महिनादेखि सुधार केन्द्रमा बस्दै आउनुभएको थियो । उहाँ लागुपदार्थ दुव्र्यसनीमा संलग्न हुनुहुन्थ्यो ।

मृतक यादवका आफन्तले सुधार केन्द्रमा अत्यधिक औषधि खुवाइएको कारण मृत्यु भएको आरोप लगाउनुभएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वरुणबहादुर सिंहले मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने बताउनुभयो । उहाँका अनुसार यादवको पोस्टमार्टम भइसकेको छ भने रिपोर्ट आउन बाँकी छ ।

मृतक यादव परिवारका एक्ला छोरा हुनुहुन्थ्यो । उहाँको पिता वैदेशिक रोजगारीमा हुनुहुन्छ । पीडित परिवार तथा स्थानीयले निष्पक्ष छानबिनको माग गर्दै पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको वीरेन्द्र बजारमा सडक अवरुद्ध गरेर नाराबाजी गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #छानबिनको माग, #सुधार केन्द्रमा युवकको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:30 am6:33 pm +0545