हामी देशको क्रान्तिकारी राजनीतिक शक्ति हौँ : उपाध्यक्ष श्रेष्ठ

फागुन ८ गते। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा (माओवादी केन्द्र) देशको जिउँदो क्रान्तिकारी राजनीतिक शक्ति रहेको बताउनुभयो।
बिहीबार धरान उपमहानगरपालिकामा कार्यकता भेटघाट कार्यक्रममा उहाँले उक्त कुरा बताउनुभएको हो। अहिले माओवादी केन्द्र देशको प्रमुख प्रतिपक्ष पार्टी भएकोले भ्रष्टाचार, बेथिति र निरकुंशताका विरुद्धमा अभियान चलाउँदै आएको बताउनुभयो।
हामीले सबै कुरालाई सुविचार गरेर अगाडि बढाउँछौं अहिले माओवादी केन्द्र सरकारमा नभएका कारण सदन केन्द्रित आन्दोलनलाई अगाडि बढाएको बताउनुभयो।
देशको आर्थिक, सामाजिक पक्षलाई सबल र समृद्ध नेपाल बनाउन विकासको मोर्चालाई तीव्र बनाउनको लागि सरकार, संसद र सडक यी ३ वटा संघर्ष मोर्चा प्रमुख हुने बताउनुभयो।
स्थानीय निकाय, प्रदेश, केन्द्र संसदमा विकास र समृद्धि तथा सुशासनको मुद्दा पनि उठाउने र त्यो नै संघर्षको प्रमुख उदेश्य रहेको उहाँले बताउनुभयो। अहिलेको सरकार निरकुंस सरकार रहेको र भ्रष्टाचारीको संरक्षणमा लागेको समेत उहाँले आरोप लगाउनुभएको छ।
पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारलाई कटिबद्ध गराउन समेत लागि परेको उहाँले बताउनुभयो। नेकपा (माओवादी केन्द्र) सरकार बनाउने वा गिराउनेभन्दा पनि संगठनलाई बलियो बनाएर आर्थिक–सामाजिक रूपान्तरणको नेतृत्व गर्ने दिशामा लागेको उहाँले जानकारी दिनुभयो।
क्याटेगोरी : समाचार
ट्याग : #हामी देशको क्रान्तिकारी राजनीतिक शक्ति हौँ : उपाध्यक्ष श्रेष्ठ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्