अमेरिकी भिसामा नयाँ नियम- नवीकरणको म्याद घटाइयो, पुन: अन्तरवार्ता दिनुपर्ने

काठमाडौं । अमेरिकाले भिजा सकिएको ४८ महिनामा अन्तरवार्ता नगरिकन भिजा नवीकरण हुने प्रावधान हटाएको छ । नयाँ प्रावधानअनुसार ४८ महिनामा भिजा नवीकरण हुने कुरालाई घटाएर १२ महिनामा ल्याइएको छ ।
यस्तै, अब यस्ता लक्षित वर्गका सेवाग्राहिले अनिवार्य अन्तरवार्तामै बस्नुपर्ने भएको छ । यस अघि अन्तरवार्ता नगरिकन भिजा नविकरण हुने प्रावधान गरेको भारतीय अखबार बिजनेस टूडेले उल्लेख गरेको छ ।
उच्च दक्ष पेशाकर्मीलाई दिइने एच-१बी, शैक्षिक कार्यक्रममा आएका अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिइने एफ-१ तथा छोटो समयमा आएका पर्यटक तथा व्यापारिक क्षेत्रको लागि दिइने बी१/बी२ भिजा लिनेहरुलाई यो प्रावधानले असर गर्ने बताइएको छ ।
यही मंगलबार अमेरिकाको स्टेट डिपार्टमेन्टले एक सन्देश जारी गरेर यस्तो जानकारी दिएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अमेरिकी भिसामा नयाँ नियम- नवीकरणको म्याद घटाइयो, #पुन: अन्तरवार्ता दिनुपर्ने
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्