सत्ता छोड्नेवित्तिकै विरोध गर्ने प्रवृत्ति त्यागौँ : उर्जामन्त्री खड्का

सत्ता छोड्नेवित्तिकै विरोध गर्ने प्रवृत्ति त्यागौँ : उर्जामन्त्री खड्का
काठमाडौँ, ६ फागुन । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सत्ता छोड्नेवित्तिकै एकले अर्कालाई आरोप लगाउँदा मुलुक कता पुग्छ भनी प्रश्न गर्नुभएको छ ।
गत माघ २४ गतेको प्रतिनिधीसभा बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा उर्जा मन्त्रालयसँग सम्बन्धीत भएर उठाउनुभएको प्रश्नको उत्तर दिँदै उहाँले केही सञ्चार माध्याममा आएका समाचारका भरमा धारणा बनाउँदा मुलुक कहाँ पुग्छ भनी प्रश्न गर्नुभएको थियो ।
उहाँले सम्माननीय पूर्वप्रधानमन्त्रीले विषयको गहिराई नबुझीकन सामाजिक सञ्जाल र सञ्चारमाध्याममा आएका समाचारलाई धारणा बनाएर बोल्दा सांसदहरुको गरिमा र संसदको गरिमा घट्दै जाने बताउनुभयो ।
“सम्मानित पूर्वप्रधानमन्त्रीज्यूले म र मेरो मन्त्रालयसँग जोडेर जगदुल्लाका विषय लेनदेनका विषयका यो संसदमा कुरा उठाउनुभयो, मैले यसबारे पूर्वाधार समितिमा पनि धारणा राखिसकेको छु, जगदुल्ला आयोजना कर्णालीको महत्वपूर्ण आयोजना हो, यो आयोजना समयमै सम्पन्न हुनुपर्छ भन्ने मन्त्रालय र मेरो धारणापनि थियो, म मन्त्रालयमा नजाँदै यो आयोजनाको ठेक्का प्रक्रिया सुरु भएको थियो र म गइसकेपछि दुई चार दिनमै त्यसको ठेक्का रद्द गरियो, मन्त्रालयमा मैले सोधेँ किन ठेक्का रद्द गर्नुभयो, उहाँहरुको उत्तर आयो प्रत्रिया पुगेन ठेकेदार हेर्न जान सकेनन् भन्ने दोस्रोपल्ट फेरी उहाँहरुले रद्द गर्नुभयो, नोटरी गर्नुपर्ने नोटरी नगरेका कारण ठेक्का रद्द गर्नुपर्ने भन्ने जवाफ आयो, यसरी चेक आदानप्रदान गरेर भ्रष्टाचार गर्न सम्भव होला र यो मन्त्रालय विगत आठ वर्षदेखि माओवादीका मन्त्रीहरुले सञ्चालन गर्दै आउनुभएको थियो । उहाँहरुले के के गर्नुभयो होला त्यसमा यस्तै गरिन्छ । यति ठूलो नेताले यस्ता प्रश्न सोध्दा ख्याल गर्नुपर्छ,”– उर्जामन्त्री खड्काले भन्नभयो ।
उहाँले तथ्यहिन कुरा रोष्टममा बोलेर एउटा माननीय, एउटा मन्त्रीलाई आरोप लगाउँदै गर्दा त्यसको समाजमा के असर पर्छ भन्ने कुरा ख्याल राख्नसमेत आग्रह गर्नुभयो । “म यो प्रमाणित गरिदिनुभयो भने उहाँको पछाडि खुरुखुरु झोला बोकेर हिँड्न तयार छु, यस्ता तथ्यहिन कुरा नगर्न आग्रह गर्दछु । केही माननीय ज्यूहरुले राजीनामाको कुरा गर्नुहुन्छ । प्रमाणित गरेर देखाउनुहोस् मन्त्रीमात्र होइन सांसदबाट पनि राजीनामा दिएर तपाईँहरुको पछाडि झोला बोकेर हिँड्न तयार छु,”– उहाँले भन्नुभयो । ठूलाठूला कामहरु मुलुक र जनताप्रति गर्नुपर्ने बेला आएको उहाँको भनाई थियो । यस्ता आरोप लागेको देखेर आफूलाई आश्चर्यचकित बनाएको बताउनुभयो ।
उर्जामन्त्री खड्काले नेपाल विद्युत प्राधिकरणको अध्यक्षका रुपमा प्राधिकरणमा हिजोको दिनमा पनि मन्त्रीको अफिस रहेको र विचमा नरहेको अवस्थामा आफू मन्त्री भएको समयमा अध्यक्ष बस्नका लागि एउटा कोठा बनाउँदा के को आकाश खस्यो भन्नुभयो । “अफिस बनाउँदा हुने के हो आठ वर्षदेखि भएको एमडीको विषयमा सबैलाई थाहै छ, त्यहाँ केही गलत भयोभने प्रश्न राख्न सक्नुहुन्छ,”– उहाँले भन्नुभयो ।
उहाँले प्राधिकरणका वर्तमान एमडीका कारणले लोडसेडिङ अन्त्य भएको भन्दै खुशी मान्नुपर्ने कुनै कारण नभएको बताउनुभयो । “तत्कालिन अवस्थामा ८ वर्ष अगाडि लोडसेडिङ हुन नदिन साँढे ४०० मेगावाटको आवश्यकता रहेछ र साँढे चारसय मेगावाट भारतबाट ल्याएर लोडसेडिङ मुक्त गरियो, भारतबाट विद्युत ल्याउन प्रसारण लाईन केही अघि बढ्न पथ्र्यो होला नी ? प्रसारण लाईन कसका कारण बनेको हो ? उहाँ उत्पात देवता हुनुभयो ? अचम्म लाग्छ, केही राम्रा काम गर्नुभयो होला त्यसको विश्लेषण गरेर केही पुरस्कार वा धन्यवाद दिनुपर्ने हो दिउँला तर सञ्चालक समिति निर्णय गर्छ उहाँ कार्यान्वयन गर्नुहुन्न, सरकारलाई टेर्नुहुन्न,”– उहाँले भन्नुभयो ।
मन्त्री खड्काले शतप्रतिशत सरकारको लगानी रहेको प्राधिकरणका प्रमुख भाषण गर्दै हिँड्ने गरेको बताउनुभयो । “तपाईँहरुले पनि उहाँको गतिविधिको मूल्यांकन गर्नुभएको छ, यस्तो अराजग गतिविधीलाई सरकारले सँधै हेरेर बस्ने कुरा त हुँदैन । लगाम त लगाउनुपर्छ । राम्रो काम गर्दा हामी स्यावास दिउँला, पुरस्कार दिउँला, एउटा कर्मचारीका विषयमा यत्रो प्रश्न उठाउनुपर्ने सम्मानित नेताहरुले के आश्चर्य यस्तो भयो मलाई अचम्म लागेको छ,”– मन्त्री खड्काले भन्नुभयो ।
उहाँले देश बनाउनका लागि के–के गर्नुपर्छ त्यसका लागि बसेर छलफल गर्न सकिने बताउनुभयो । “देश बनाउनका लागि के–के गर्नुपर्छ त्यसका लागि बसेर छलफल गरौँ, कहाँनेर त्रुटी छ भने त्रुटीलाई सच्याउँ, वास्तवमा अहिले उर्जा क्षेत्रको विकास गर्न सक्यौँभने मुलुक आमुल परिवर्तन हुन्छ, दश वर्षमा मुलुकको विकास हुन्छ, हामीले मागेर ल्याएको वजेट यहीँ निर्माण गर्न सकिन्छ, लाखौँलाई रोजगारी दिन सकिन्छ, यस्ता मिथ्या आरोप लगाएर अरुलाई खुल्याउँदै गर्दा आफ्नो टाउकोमा फोहोर परेको ध्यान दिनुपर्छ,”– उहाँले भन्नुभयो ।
मन्त्री खड्काले लामो समयदेखि विवादमा रहेको डेडिकेटेड र टंकलाईन विवादलाई समाधान गर्न सरकार लागेर समिति निर्माण गरेको बताउनुभयो । “ डेडिकेटेड र टंकलाईनको २२ अर्बको कुरा गर्नुभयो, ८÷८ वर्ष तपाईँहरुले मन्त्रालय चलाउँदा के हेरेर बस्नुभयो, किन समाधान नभएको होला तपाईँलाई थाहा भयो होला नी, त्यसको जिम्मा तपाईँहरुले लिनुपर्दैन, लाल आयोग कसका पालामा निर्माण गरिएको थियो, लाल आयोगमा के लेखिएको छ त्यो किन लुकाएर राख्नुपरो, अहिलेको यो सरकारले लाल आयोग बाहिर ल्यायो, मन्त्रीपरिषद्ले लाल आयोग कार्यान्वयन गराउने निर्णयअनुसार समिति बनाएका हौँ,”– उहाँले भन्नुभयो ।
लाल आयोग कार्यान्वयनका लागि सरकारले एक निष्पक्ष समिति गठन गरेको उहाँको भनाई थियो । “मन्त्रालयले नै गठन गरेको समिति अवैधानिक भन्नुहुन्छ मन्त्रालयले गठन गरेको समिति कसरी अवैध भयो, उक्त समितिलाई एमडीसावले असहयोग गर्नुपर्ने के कारण छ, विल तिर भन्नेलाई तिम्रो विल यो हो भन्नुपरो होला नी, आठ÷आठ वर्ष तपाईँहरु सरकारमा बस्नुभएको थियो त । कार्यान्वयन किन नगराएको मेरा पनि प्रश्न छन्,”– मन्त्री खड्काले भन्नुभयो ।
उहाँले भन्नुभयो, “आउनुहोस् तपाईँहरु पनि बसौँ निष्पक्ष छानविन गरौँ, छानविन भएपछि पैसा तिराउँ, किन छुट दिनुपरेको छ, कसैले कसैलाई छुट दिनुपर्ने आवश्यक छैन, कति उपयोग गरेको हो त्यसको एकिन गरेर तिराउनुपर्छ । यी आरोपहरु मिथ्या आरोपहरु हुन्,” ।
उर्जामन्त्री खड्काले प्राधिकरण सञ्चालक समितिको बैठकलाई असहयोग गरेको कारण वोर्ड सदस्यलाई हटाएको बताउनुभयो । “वोर्ड मिटिङ बोलायो वोर्ड सदस्यहरु आउँदै आउनुहुन्न, आज आउनुहुन्न, अर्र्कोदिन बोलायो आउनुहुन्न, त्यस्ता वोर्ड सदस्यहरु किन राख्नुपरो,”– उहाँले भन्नुभयो ।
उहाँले पत्रपत्रिकामा आएका भरमा मिथ्या समाचार सूनेका भरमा सम्मानित नेताहरुले यस्ता अभिव्यक्ति दिँदैगर्दा संसदको गरिमा पनि नरहने र सांसदको गरिमा पनि नरहने बताउनुभयो । सत्यपरक भएर आफ्ना अभिव्यक्ति दिन उहाँले नेताहरुलाई आग्रह गर्नुुभयो । सत्यतथ्य भए स्वीकार गर्नपनि सहज हुने उहाँको भनाई थियो ।
उर्जामन्त्री खड्काले सत्यतथ्य भए प्रमाण लिएर आउन चुनौती पनि दिँदै आधार प्रमाणित भए सामना गर्न र कारबाही भोग्न आफू तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले उर्जा क्षेत्रमार्फत राष्ट्र निर्माणमा सबैको सकारात्मक अपेक्षा समेत व्यक्त गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #उर्जा मन्त्री दिपक खड्का, #प्रतिनिधि सभा बैठक
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्