Techie IT
शनिबार, वैशाख ६,२०८२

लगातार ३ दिन बढ्यो नेप्से, जानकार भन्छन्, ‘बजार प्रवेश गर्ने उपयुक्त समय’


काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.४३ प्रतिशत अर्थात ११.९१ अंकले बढेर २ हजार ७३९.८२ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०३ प्रतिशतले बढेर ४५९.८८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको १ करोड ८२ लाख ३० हजार ३०२ कित्ता सेयर १० अर्ब ४३ करोड ७० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको बजारबारे बजार जानकार गोविन्द प्रसाल घिमिरे भन्छन्, ‘केही दिनदेखि बजारमा कारोबारसहित सूचक बढ्नु सकारात्मक विषय हो । यसले बजारमा सेयर एक्युमुलेशन भईरहेको जनाउछ । यस्तै संस्थागत लगानीकर्ता पनि बजार प्रवेश गरेको देख्न सकिन्छ । ’

उनको विचारमा अहिले सिजिनल रुपमा पनि सेयर खरिद गर्ने बेला भएकाले दुई सातादेखि बजारमा सुधार आएको छ । उनले आर्थिक गतिविधि बढ्नु, सस्तो ब्याजदरमा सेयर कर्जा बढुन् जस्ता विषयले सेयर खरिदको वातावरण सिर्जना बन्दै भएको बताए ।

अर्का बजार जानकार जगन्नाथ थपलिया(मामा)ले पनि अहिले बजार अप ट्रेण्डमै चलिरहेको बताए । ‘आम लगानीकर्ताको सेन्टिमेन्ट सकारात्मक हुनु,घट्दो ब्याजदर र बढ्दो कारोबार रकमले बजारले उकालो यात्रा तय गरिरहेको बताउन सकिन्छ’ उनले भने ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ६ वटा समूहमा हरियाली छायो भने ७ वटा समूहमा रातो पोतियो । अन्य समूह आज सर्वाधिक अर्थात ३.६७ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज ०.२२ प्रतिशत, लगानी १.२४, जीवन बीमा १.७४,निर्जीवन बीमा ०.३० र व्यापार समूह ०.४१ प्रतिशतले बढ्यो ।

विकास बैंक समूह आज सर्वाधिक अर्थात १.७४ प्रतिशतले घट्यो । वित्त समूह पनि आज १.५० प्रतिशत,होटल १.०४, हाईड्रो ०.१३,उत्पादन तथा प्रशोधन ०.०६,लघुवित्त ०.७९ र म्युचुअल फण्ड ०.०५ प्रतिशतले घट्यो ।


क्याटेगोरी : समाचार
ट्याग : #‘बजार प्रवेश गर्ने उपयुक्त समय’, #breaking, #जानकार भन्छन्, #लगातार ३ दिन बढ्यो नेप्से


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545