Techie IT
बुधबार, वैशाख १०,२०८२

प्रचण्डलाई कांग्रेस सचेतकको चुनौती : अध्यादेश ल्याउने व्यवस्था नै हटाइदिउँ न त !


काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सरकारले ल्याएको अध्यादेशको विरोधका लागि विरोध नगर्न आग्रह गरेका छन् ।

 

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्ड प्रधानमन्त्री हुँदा ल्याएको अध्यादेश आफूहरु विपक्षीमा हुँदा पनि समर्थन गरेको बताए ।

उनले भने, ‘सरकारले कामको गति अगाडि बढाउँन अध्यादेश ल्याउँदा अहिले बिग्रियो चाहिँ के ? यहाँ सत्ता र प्रतिपक्षी हुनुपर्ने जरुरत चाहिँ किन ? कित हामीले अध्यादेश ल्याउने संविधानमा भएको व्यवस्था नै हटाइदिऔं । अहिले संविधान संशोधनको कुरा पनि चलिरहेको छ । सहमतिबाटै गरौं ।’

 

उनले संसदको दुवै सदनले पारित गर्नुपर्ने भएकाले संसद छलेर कानून नबन्ने बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #प्रचण्डलाई कांग्रेस सचेतकको चुनौती : अध्यादेश ल्याउने व्यवस्था नै हटाइदिउँ न त !


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Sunny
5:29 am6:34 pm +0545