Techie IT
बुधबार, वैशाख १०,२०८२

आइभिएफ सेवाको झुठ्ठो प्रचारप्रसार नगराउन मन्त्रालयको निर्देशन


काठमाडौं, फागुन ६ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइभिएफ सेवाको झुठ्ठो प्रचारप्रसार नगराउन निर्देशन दिएको छ ।

मन्त्रालयले आइभिएफ सेवा प्रदायक स्वास्थ्य संस्थालाई पत्रचार गर्दै आइभि एफ सेवा सम्बन्धमा झुठ्ठो प्रचारप्रसार नगर्नु/नगराउन आग्रह गरेको हो ।

स्वास्थ्य संस्थाले आइभिएफ सेवा सम्बन्धमा झुठ्ठो प्रचारप्रसार तथा चर्को मिडियाबाजी गरी सेवाग्राहीलाई चरम ठगी गरेको साथै मनोमानी ढङ्गले शुल्क समेत असुल्ने गर्ने गरेको भनी गुनासो प्राप्त गरेको यस्तो निर्देशन दिएको मन्त्रालयको भनाइ छ ।

सेवा शुल्कको विवरण संस्थाको वेब साइडमा अनिवार्य रुपमा राख्ने व्यवस्था मिलन मन्त्रालयको निर्देशन छ ।

यदि शाखा स्थापना गरी सेवा सञ्चालन गर्न चाहेमा अनुमति प्रदान गर्ने निकायबाट मापदण्ड बमोजिमको प्रकृया पूरा गरी पुनः अनुमति लिन मन्त्रालयले आग्रह गरेको छ ।

संस्थामा सेवाका लागि आउने विपन्न, असायक बिरामीका लागि दश प्रतिशत निः शुल्क उपचार अनिवार्य रुपमा उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको छ ।

संस्थाबाट प्रदान गरिएका सेवाको प्रतिवेन प्रत्येक चौमासिक रुपमा अनुमति प्रदान गर्ने निकायमा अनिवार्य रुपमा उपलब्ध गराउन आग्रह मन्त्रालयले गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #आइभिएफ सेवाको झुठ्ठो प्रचारप्रसार नगराउन मन्त्रालयको निर्देशन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Sunny
5:29 am6:34 pm +0545