सञ्चारमन्त्री गुरूङद्वारा खेलकुद तथा सांस्कृतिक महोत्सवकाे उद्घाटन

लमजुङ, फागुन ६ गते । सदरमुकाम बेशीसहरमा आजदेखि प्रथम खेलकुद तथा सांस्कृतिक महोत्सव सुरू भएको छ । सहजी खेलमैदानमा सुरू भएको महोत्सवको सञ्चार तथा सुचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले उद्घाटन गर्नुभएको छ ।
भलिबल, कराँते, छेलो लगायतका विभिन्न खेल र स्थानीय संस्कृतिको प्रचारप्रचार गर्न आयोजित महोत्सव १८ गतेसम्म सञ्चालन हुने आयोजक जिल्ला खेलकुँद विकास समिति लमजुङले जानकारी दिएको छ । युवालाई खेल, संस्कृति र व्यवसायतर्फ आकर्षित गर्न महोत्सवले भूमिका खेल्ने आयोजक समितिका अध्यक्ष योगबहादुर गुरुङले बताउनुभयो ।
“महोत्सवको माध्यमबाट पर्यटन प्रवर्द्धन गरी जिल्लाको आर्थिक विकासमा टेवा पुर्याउनुको साथै खेल पूर्वाधारको विकासमा लगानीको वातावरण बनाउने उदेश्य लिएका छौं”, गुरुङले भन्नुभयो, “महोत्सवबाट भएको आम्दानीले बेसीसहरमा रहेको सहजी खेल मैदान विस्तारका लागि थप जग्गा खरिद गर्ने योजना बनाएका छौं ।”
महोत्सवमा जिल्लास्तरीय पुरुष तथा महिला भलिबल, विद्यालयस्तरीय कराँते प्रतियोगिता, छेलो तथा स्नुकर प्रतियोगिता, आमा समूहको सामूहिक नृत्य प्रतियोगिता राखिएको जिल्ला खेलकुँद विकास समितिका सदस्य सिजन श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताका विजयीलाई आकर्षक पुरस्कार व्यवस्था गरिएको आयोजक समितिका सदस्य राजु अर्यालले बताउनुभयो ।
महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रर्दशनी, स्थानीय घरेलु तथा हस्तकला प्रर्दशनी, कृषि, पशु तथा जडीबुटी प्रर्दशनी, सांस्कृतिक झाँकी तथा र्याली, परम्परागत खाना महोत्सव, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, बाल उद्यान, पर्यटन प्याकेज टुर जस्ता कार्यक्रम राखिएको गण्डकी प्रदेश खेलकुद परिषद सदस्य दिवाकर बरालले जानकारी दिनुभयो ।
महोत्सवमा दुई सय स्टल राखिएका छन् । करिब छ लाख दर्शकले अबलोकन गर्ने अपेक्षा गरिएको महोत्सवबाट करिब डेढ करोड रुपियाँ आम्दानी हुने अपेक्षा राखिएको आयोजक समितिका कोषाध्यक्ष प्रल्हाद बोहोराले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #सञ्चारमन्त्री गुरूङद्वारा खेलकुद तथा सांस्कृतिक महोत्सवकाे उद्घाटन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्