Techie IT
बुधबार, वैशाख १०,२०८२

प्रकृति लम्साल मृत्यु प्रकरणः कलेजका पाँच जना कर्मचारी निलम्बित


काठमाडौं, फागुन ६ गते । नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्युसम्बन्धी घटनामा भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) पाँच जना कर्मचारीलाई निलम्बित गरेको छ ।

केआईआईटीले मङ्गलबार विज्ञप्ति जारी गर्दै दुई जना वरिष्ठ होस्टेल अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) का एक जना वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानका लागि निलम्बन गरिएको जानकारी दिएको छ । साथै दुई जना सुरक्षा कर्मचारीलाई बर्खास्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘‘१६ फेब्रुअरीमा भएको घटनाप्रति केआईआईटी अधिकारीहरू र सम्पूर्ण कर्मचारीहरू गहिरो दुःख व्यक्त गर्दछन् । दुई सुरक्षा कर्मचारीलाई तुरुन्तै बर्खास्त गरिएको छ,’’ कलेजले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानका लागि निलम्बन गरिएको छ ।’’

यसैगरी, कर्मचारीहरूले विद्यार्थीहरूलाई सकेसम्म चाँडो क्याम्पसमा फर्कन अधिकतम् प्रयास गरिरहेको विज्ञप्तिमा भनिएको छ ।

‘‘क्याम्पसमा नेपाली विद्यार्थीहरूलाई फर्काउन सहज बनाउन क्याम्पस ६ मा एक प्रतिबद्ध नियन्त्रण कक्ष चौबिसै घण्टा सञ्चालनमा छ,’’ विज्ञप्तिमा भनिएको छ ।

बुटबल घर भएकी २० वर्षीया प्रकृति लम्सालको आइतबार मृत्यु भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रकृति लम्साल मृत्यु प्रकरणः कलेजका पाँच जना कर्मचारी निलम्बित


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:29 am6:34 pm +0545