विद्यार्थीको गालामा तातो पन्युले डाम्ने शिक्षिका थप पाँच दिन हिरासतमा

तनहुँ, फागुन ६ गते । विद्यार्थीको गालामा तातो पन्यु डामेर यातना दिने तनहुँकी एक शिक्षिकालाई थप पाँच दिन हिरासतमा राखिएको छ ।
भीमाद–६ शान्तिनगरस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलका ३४ वर्षीया शिक्षिका सुष्मा श्रेष्ठलाई दोस्रो पटक थप पाँच दिन हिरासतमा राख्न तनहुँ जिल्ला अदालतले अनुमति दिएको हो ।
तीन जना विद्यार्थीको गालामा तातो पन्युले डामेर यातना दिएको घटना सार्वजनिक भएपछि माघ ३० गते श्रेष्ठलाई पक्राउ गरी पहिलो पटक पाँच दिनको म्याद थप भएकोमा पुनः पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँको सूचना अधिकारी अशोक थापाले बताउनुभयो ।
बालबालिकाविरुद्धको कसुरमा थप अनुसन्धान गर्न माग गरिएकाले अदालतको बाल इजलासले अनुमति दिएको प्रहरीले जनाएको छ ।
विद्यार्थीले जिस्क्याएको तथा होहल्ला गरेको भन्दै लेखापाल श्रेष्ठले पन्यु तताएर कक्षा ४ मा अध्यरत चार बालकको गालामा डामेर यातना दिएको भन्दै परिवारले जाहेरी दिएका थिए । घटना सार्वजनिक भएसँगै चौतर्फी कारबाही माग गर्दै दबाब सिर्जना भएको थियो । यस घटनाको छानबिन गर्न भिमाद नगरपालिकाकाले कार्यदल गठन गरेको छ ।
शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव सन्तोष पौडेलको संयोजकत्वमा एक जना जनप्रतिनिधिसहित तीन सदस्यीय समिति गठन गरिएको भीमाद नगरपालिकाको उपप्रमुख शारदा खनालले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #विद्यार्थीको गालामा तातो पन्युले डाम्ने शिक्षिका थप पाँच दिन हिरासतमा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्