आगामी चैत्र ९ गते ‘काठमाडौं पिंक केयरएथन’ हुने
काठमाडौं, माघ २४ गते । आगामी चैत्र ९ गते ‘काठमाडौं पिंक केयरएथन’ हुने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी लेजर पोर्ट नेपालले यसबारे जानकारी गराएको हो ।
महिलाहरूको स्वास्थ्य एवम् फिटनेसमा सचेतना जगाउने उद्देश्यले यही मार्च २२ मा ‘काठमाडौं पिंक केयरएथन’ गर्ने बताएको छ । काठमाडौं पिंक केयरएथनमा महिलाहरूको दौड, जुम्बा लगायतका विभिन्न कार्यक्रम आयोजना हुने आयोजकले बताएको छ ।
केयरएथनमा जुनसुकै उमेर समूहका महिलाहरूले सहभागिता जनाउनसक्ने बताइएको छ । घरायसी काम र दैनिकीमा व्यस्त रहने महिलाहरूलाई पिंक केयरएथनमा यसपटक २५ सयदेखि तीन हजार महिला सहभागी हुने अपेक्षा गरिएको आयोजकको भनाइ छ ।
पत्रकार सम्मेलनमा बोल्नुहुँदै लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले आफ्नो स्वास्थ्यका लागि पनि समय निकाल्न प्रेरित गर्नु केयरएथनको उद्देश्य रहेको बताउनुभयो ।
कलाकार उषा रजकलाई काठमाडौं पिंक केयरएथनको गुडविल एम्वासडेटर घोषणा गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आगामी चैत्र ९ गते ‘काठमाडौं पिंक केयरएथन’ हुने
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्