मुुटुमा समस्या भएको कसरी थाहा पाउने ?
जाडोको मौसममा हृदयघातको जोखिम बढी हुन्छ । त्यसैले जाडो याममा शतर्कता बढी अपनाउनुपर्ने चिकित्सकहरू बताउँछन् । खासगरी हृदयका रोगीले जाडो याममा बढी शतर्कता अपनाउनु पर्छ ।
त्यसै पनि जाडो मौसम मुटु रोगीका लागि अनुकुल मानिदैन । बाह्य चिसोका कारण नसाहरू खुम्चने वा साँघुरिने हुन्छ । यसले रक्त प्रवाहमा कठिनाइ ल्याउँछ । जसको सोझो भार, मुटुमाथि पर्छ । यस्ता अनेक कारण छन्, जसले जाडोमा हृदयघातको जोखिम बढाउँछ ।
चिकित्सकहरुले संसारमा सबैभन्दा धेरै हुने रोग भनेको हृदयघात भएकाले समयमै सल्लाहानुसार स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउँछन् । खानपान र चिन्ताका कारण जुनकुनै समयमा पनि हृदयघातको समस्या बढेको जानकारी दिनुभयो ।
मुुटुमा समस्या भएको कसरी थाहा पाउने ?
मुटु रोग भनेको मुटुमा समस्या आउनु हो । यसमा विभिन्न समस्याहरू पर्छन् । त्यसमा वंशाणुगतदेखि लिएर बुढो मान्छेमा लाग्ने रोगहरू हुन्छन् । वंशाणुगत भन्नाले मान्छे गर्भमा रहँदा खेरिको रोग हो । जस्तै मुटुमा प्वाल परेको, मुटुको बनावटमा गडबडी भएको मानिन्छ । मान्छे जन्मेपछि पनि मान्छेको मुटुमा विभिन्न रोगहरू लाग्छन् । हाम्रो देशहरूमा ‘‘कमन हार्ट डिजिज’हरू भन्छन् । त्यो अन्य देशमा पाइँदैन । नेपालमा बढी पाइन्छ । यसलाई मुटुको बाथरोग भन्छ । तर संसारमा बुझ्ने भनेको मुटु रोग भनेको हृदयघात नै हो । ब्लड प्रेसर पनि मुटु रोगको प्रमुख कारण हो । त्यस्तै सुगर भएको मान्छेमा हुने हृदयघात, हार्ट फेलियर, मुटुको चालमा गडबड हुने रोगहरू मादक पदार्थ सेवन गर्दा हुने रोगहरू यसअन्तर्गत पर्दछन् । फोक्सो जस्तै मुटुको पनि खोलभित्र पानी जम्ने पेडियोकाली रिफ्युजनहरू, किड्नि प्यासेन्टलाई हुने रोगहरु हो । यस्ता रोगहरू धेरै भए पनि संसारमा सबैभन्दा धेरै हुने रोग भनेको हृदयघात नै हो ।
के कारणले हृदयघात बढी हुने गर्दछ ?
हृदयघात भनेको नै मुटु अट्याक हो । यसलाई छुट्याएर हेर्न मिल्दैन । मुटु भनेको मासु हो । मुटु रगतको पम्प हो । जसले शरीरका प्रत्येक अङ्गमा रगत पुर्याउने काम गर्छ । मुटु आफैँलाई पनि चाहिन्छ । मुटुले आफूले रगत पाउने तीन वटा नसामा समस्या आएर मुटुले रगत नपाउने अवस्थालाई हृदयघात भनिन्छ । यो जुनसुकै नसामा पनि हुनसक्छ । यो अचानक पनि हुनसक्छ र विस्तारै पनि हुनसक्छ । एक्कासी भएको अवस्थामा हृदयघात भन्छौं । विस्तारै भएकोलाई चाहीँ एनजाइना भन्छौं । यो बढ्दै भएपछि हृदयघात हुनसक्छ ।
हामीले मुटुको सुरक्षा कसरी गर्ने ?
मुटुलाई माया गर्नका लागि सुरुमा त हामीले मुटु रोग हुनबाट बच्नुपर्यो । त्यसका लागि मुटु सम्बन्धी रोगको उपचार खानपिन र शारीरिक अभ्यासबाट नै सुरु हुन्छ । त्यसपछि तपाईंले मुटुसम्बन्धी कुनै पनि लक्षण देख्नुभएको छ भने तुरुन्त जाँच गर्नुपर्छ । मुटु बिग्रिनुभन्दा पहिले नै मुटुको उपचार गर्न सकियो भने त्यसको परिणामा राम्रो हुन्छ । तीन पटकभन्दा बढी जाँच गर्दा प्रेसर उच्च छ भने तपाईंले त्यसको उपचार गर्नुपर्दछ । त्यसलाई म खानपिनले नै नियन्त्रण गर्छु भनेर बसिराख्नु भएन । प्रेसरको लक्षणहरू देखिएको छ भने औषधी सुरु गर्नै पर्ने हुन्छ । मुटु रोगको लक्षण भनेको छातिमा दुख्ने, स्याँस्याँ हुने ढुकढुक हुने, आवश्यकताभन्दा बढी थकान लाग्ने र मान्छे बेहोस् हुने र रिङ्गटा लाग्ने प्रमुख कारणहरू हो । हाम्रोमा औषधी नखाने भन्ने छ । तर समस्या भइसकेपछि औषधी खाएर त्यति फाइदा चाहीँ हुँदैन । रोग छ कि छैन भनेर चिकित्सकको सहायतामा निश्चित गर्नुपर्यो । त्यसपछि रहेछ भने औषधी सुरु गर्नुपर्ने हुन्छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #‘५० वर्षपछि देखिनुपर्ने रोग कम उमेरमै देखिदै’, #मुुटुमा समस्या भएको कसरी थाहा पाउने ?
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्