सम्पत्ति शुद्धीकरण निवारणका लागि अनुसन्धानको कामलाई तीव्रता दिन जरुरीः अर्थमन्त्री
काठमाडौं, माघ १४ गते । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्पत्ति शुद्धीकरण निवारणका लागि सम्बन्धित निकायहरुले अनुसन्धान र अभियोजनको कामलाई तीव्रता दिन जरुरी रहेको बताउनुभएको छ ।
सोमबार सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस, २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायहरुले समन्वयात्मक रुपमा काम गरी अनुसन्धान र अभियोजनलाई प्राथमिकताका साथ काम गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘सम्पत्ति शुद्धीकरणमा दोषी भएका जो कसैलाई दण्डित गर्छ । निर्दोष कसैले पनि भयवित हुनुपर्दैन । उनीहरु दण्डको दायरामा आउँदैनन् भन्ने मानक स्थापित गर्ने हिसावले आउने दिनमा प्रभावकारी काम हुनेछन् । हामी देशभित्र विश्वसामु सम्पत्ति शुद्धीकरण निवारणको प्रश्नमा उत्कृष्ट राष्ट्रको पहिचान स्थापित गर्न सक्नेछौं भन्ने अपेक्षा छ ।’’
उहाँले आगामी दिनमा अन्तर्राष्ट्रिय संस्थाहरुले बनाएको मापदण्ड परिपालना र आफैँले निर्माण गरेको कानुन र नियमावलीहरुको कार्यान्वयनमा उत्कृष्ट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले निर्दोष दण्डित हुँदैन र दोषीले उन्मुक्ति पाउँदैन भन्ने मानक स्थापित गर्न सक्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले सम्पत्ति शुद्धीकरणमा दोषी भएका जो कसैलाई पनि दण्डित गरिने उल्लेख गर्नुभयो ।
‘‘सम्पत्ति शुद्धीकरणको समस्या नेपालको मात्रै समस्या नभएर विश्वकै समस्या हो । धेरै मुलुकहरु यो समस्याबाट बाहिर आउन, समाधान गरी वित्तीय स्वच्छता र सुशासन कायम गर्नका लागि प्रयास गर्दै आएका छन् । नेपाल सरकारले पनि केही प्रयास गरिरहेको छ । सरकारले आवश्यक कानुन निर्माण गरेको छ ।,’’ अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘‘नियम, संरचना निर्माण गरेको छ । अनुसन्धान र अभियोजनका कामकारबाहीलाई अघि बढाएको छ । यसरी केही महत्त्वपूर्ण काम गरेकै छ । तर यो बिचमा जति गर्न सक्नुपर्ने हो त्यति गर्न सकेका छैनौं । सम्पत्ति शुद्धीकरणको विषयमा नेपालले विश्वसामु उच्च मनोबलका साथ प्रस्तुत हुन सक्थ्यो । त्यो अवस्था रहेको छैन ।’’
अर्थमन्त्री पौडेलले निर्दोष दण्डको दायरामा आउँदैनन् भन्ने मानक स्थापित गर्ने हिसावले आउने दिनमा प्रभावकारी काम हुनुपर्नेमा जोड दिनुभयो । अर्थमन्त्री पौडेलले सम्पत्ति शुद्धीकरणको समस्या नेपालको मात्रै नभएर विश्वकै भएको उल्लेख गर्नुभयो ।
उहाँले धेरै मुलुकहरु यो समस्याबाट बाहिर आउन, समाधान गरी वित्तीय स्वच्छता र सुशासन कायम गर्ने प्रयासमा रहेको बताउनुभयो । उहाँले नेपाल सरकारले पनि आवश्यक कानून निर्माण केही प्रयास गरिरहेको बताउनुभयो ।
अर्थमन्त्री पौडेलले अनुसन्धान र अभियोजनका काम, कारबाहीलाई अघि बढाएको उल्लेख गर्नुभयो । उहाँले यो बिचमा सम्पत्ति शुद्धीकरण निवारणका लागि धेरै काम गर्नुपर्ने भए पनि सोचेअनुसार काम नभएको स्वीकार गर्नुभयो । उहाँले नेपालको पहिलो र दोस्रो चरणको मूल्याङ्कन पार गरेर अघि बढेको नेपाल तेस्रो चरणमा आइपुग्दा दुविधामुक्त रुपमा अगाडि बढ्नसक्ने अवस्था नभएको बताउनुभयो ।
‘‘पहिलो र दोस्रो चरणको मूल्याङ्कन पार गरेर अघि बढेको नेपाल तेस्रो चरणमा आइपुग्दा दुविधामुक्त रुपमा अगाडि बढ्न सक्नुपर्ने थियो । कुनै अनुसन्धानमा छैनौं । कसुर जन्य सम्पत्ति शुद्धीकरणको विरुद्धमा सम्पत्ति शुद्धीकरण निवारणको अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाएका छौं भनेर गर्व गर्नसक्ने हुनुपर्ने थियो । तर यो बिचमा प्रभावकारी र तत्परताका साथ कामहरु हुन सकेका छैनन् ।,’’ अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘‘आउने दिनमा अन्तर्राष्ट्रिय संस्थाहरुको परिपालना र आफैँले निर्माण गरेको कानसनको कार्यान्वयनमा हामी उत्कृष्ट हुनुपर्छ । अनुसन्धान अभियोजनको कामलाई तीव्रता दिन जरुरी छ । निर्दोष दण्डित हुँदैन । दोषीले पनि उन्मुक्ति पाउँदैन भन्ने मानक स्थापित गर्न सक्नुपर्छ ।’’
क्याटेगोरी : समाचार
ट्याग : #सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबिच समन्वय अपरिहार्य : प्रधानमन्त्री
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्