मादी नदीको पुल निर्माण तीव्र गतिमा
तनहुँ, माघ १३ गते । नेपालमै पहिलो पटक तनहुँमा बन्न लागेको चारलेनको पुल निर्माण धमाधम भइरहेको छ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत मादी नदीमाथि चारलेनको पुल धमाधम निर्माण भइरहेको छ । व्यास नगरपालिका वडा नं ४ र ५ जोड्ने मादी नदीमाथि निर्माण भइरहेको पुलको काम हालसम्म ६० प्रतिशत सकिएको मुग्लिन–पोखरा सडक योजना पूर्वखण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
तीन सय १५ मिटर लामो पुल तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माणकार्य भइरहेको आयोजनाले जनाएको छ । उक्त पुलका छ वटा स्पान हुने छन् । सन् २०२२ अगस्ट ११ मा पुल निर्माणका लागि एक अर्ब २१ करोडमा ठेक्का सम्झौता भएको थियो ।
पृथ्वी राजमार्गमा सबैभन्दा लामो ‘आर्क डिजाइन’ को उक्त पुल नेपालमै पहिलो पटक चारलेनको हुने छ । हाल नदीमाथि रहेको दुई लेनको तीन सय ७० मिटर लामो पुल छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको हो । निर्माण कम्पनी जेडआइष्ट अन्नक जेभीका प्रतिनिधि साईड इन्चार्ज इन्जिनियर धर्मप्रताप लामगादेले काम छिटो सम्पन्न गर्न एक सय २५ जना कामदार दैनिक खटिएको जानकारी दिनुभयो ।
पुलको डिजाइन परिवर्तन गर्दा ढिलाई भएकाले केही ढिलो भएको बताउनुभयो । लामगादेले भन्नुभयो, ‘‘काम तदारुकताका साथ भइरहेको छ डिजाइनका क्रममा छ महिना ढिला नभएको भए ८० प्रतिशत काम पुरा भइसक्थ्यो ।’’
आयोजनाका अनुसार पर्यटकलाई आकर्षण गर्ने हिसाबले पुल कलात्मक आर्क डिजाइन गरिएको छ । यातायात आवागमनको प्रयोगको लागि मात्रै नभई पर्यटक पनि आकर्षित गर्नपर्छ भनेर कलात्मक डिजाइन गरिएको हो । सुपर भाईजर चित्रबहादुर कार्कीले तरुकताका साथ काम भइरहेको बताउनुभयो । दैनिक १० घण्टा कामदारहरु खटिएका छन् । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक ९एडीबी०को ऋण सहयोगमा चार लेनको सडक बनाउन लागिएको हो। पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #मादी नदीको पुल निर्माण तीव्र गतिमा
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्