Techie IT
सोमबार, माघ १४,२०८१

प्रधानमन्त्रीले बोलाए सत्तारुढ दलहरूको बैठक


काठमाडौं । सत्तारुढ दलहरूको बैठक आज बस्दै छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठकमा माघ १८ गते सुरु हुने हिउँदे अधिवेशन, संसदमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीका बारेमा छलफल हुने बताइएको छ ।

सत्तापक्षमा नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० र जनमत पार्टी रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #प्रधानमन्त्रीले बोलाए सत्तारुढ दलहरूको बैठक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
10°
Fair
6:50 am5:42 pm +0545