Techie IT
सोमबार, माघ १४,२०८१

सौर्यमण्डलका प्रमुख ग्रहहरू एक साथ देख्न सकिने


काठमाडौं, माघ १३ गते । सौर्यमण्डलका प्रमुख ग्रहहरू एक साथ खाली आँखाले अवलोकन गर्न सकिने भएको छ । चारवटा चम्किला ग्रह बुध, शुक्र, मङ्गल, वृहस्पति तथा शनिग्रहहरू तथा दुईवटा मधुरा ग्रहहरू अरूण र वरूण एक साथ आकाशको एउटै भागबाट अवलोकन गर्न सकिने भएको हो ।

वि।पि। कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति, कीर्तिपुरका कार्यकारी निर्देशक डा। सनतकुमार शर्माले गोरखापत्र अनलाइनलाई दिनुभएको जानकारी अनुसार यी ग्रहहरु खाली आँखाले पनि देख्न सकिने छ ।

उहाँले भन्नुभयो, ‘‘सुरक्षाकर्मीहरू कवाज खेल्न पङ्तिबद्ध भएजस्तै माघ महिनाभरि हाम्रो सौर्यमण्डलका महत्वपूर्ण ग्रहहरू पङ्तिबद्ध भएर आकाशमा नृत्य गरिरहेको स्पष्ट रूपमा खाली आँखाले देख्न सकिन्छ । उत्तरी गोलाद्र्धबाट प्रत्यक्षरूपमा अवलोकन गर्न सकिने यस रोचक घटनालाई नेपालबाट पनि अवलोकन गर्न सकिने छ ।’’

माघ दोस्रो हप्तादेखि चौथो हप्ताको समयमा हाम्रो आकाशमा शनि, शक्रु, वृहस्पति र मङ्गल ग्रहहरूलाई लामबद्ध भएर एउटै पङ्तिमा आकाशमा नृत्य गरिरहेको प्रतीत हुन्छ । चारवटा चम्किला ग्रह ९सूर्यको प्रकाशको परिवर्तनले गर्दा० बुध, शुक्र, मङ्गल, वृहस्पति तथा शनिग्रहहरू तथा दुईवटा मधुरा ग्रहहरू अरूण र वरूण एक साथ आकाशको एउटै भागबाट अवलोकन गर्न सकिन्छ ।

यस अवधिमा चन्द्रमा मध्य रात्रिमा उदाउनुका साथै यो अर्ध चन्द्राकार हुनाले सूर्य अस्ताउने बित्तिकै सफा आकाशमा सहजरूपमा दक्षिण पश्चिम दिशादेखि उत्तर पूर्व दिशामा देख्न सकिन्छ । मौसम अनुकूल रहेमा हल्का फिक्का रूपमा रहेका अरुण र वरुण ग्रहलाई पनि टेलिस्कोप र बाइनाकुलरको सहायताले अवलोकन गर्न सकिने छ । यी ग्रहहरू पङ्तिबद्ध रहे पनि यिनीहरूको चित्र एकैसाथ लिन कठिन रहनेछ ।

काठमाडौंबाट अवलोकन गर्दा प्रकाश प्रदूषण न्यून भएको स्थानबाट सूर्यास्तपश्चात् यी ग्रहहरूलाई खाली आँखाले अवलोकन गर्न सकिनेछ । वि।पि। कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति, कीर्तिपुरले भोलि सोमबार साँझ ६ः०० बजेदेखि ८ः०० बजेसम्म विज्ञान सङ्ग्रहालय

कीर्तिपुरमा टेलिस्कोपको सहायताले यी ग्रहहरूलाई सर्वसाधारण सबैलाई निःशुल्क अवलोकन गराउने व्यवस्था गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #सौर्यमण्डलका प्रमुख ग्रहहरू एक साथ देख्न सकिने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Haze
6:51 am5:41 pm +0545