दुधको अनुदान रकम लिएर गल्याङका जनप्रतिनिधि गाउँगाउँमा
वालिङ, माघ १३ गते । गल्याङ नगरपालिकाका जनप्रतिनिधि दुध उत्पादनमा आधारित अनुदान लिएर गाउँगाउँमा पुगेका छन् । उत्पादनमा आधारित अनुदानलाई प्राथमिकतामा राखेको गल्याङले दुधमा प्रति लिटर रु १५ अनुदान दिँदै आएको छ ।
दुग्ध उत्पादन गरेर बिक्रि गरे बापत नगरपालिकाको तर्फबाट उपलब्ध गराइने प्रतिलिटर १५ रुपियाँ बापतको रकम लिएर जनप्रतिनिधि गाउँगाउँ पुगेका हुन् । गल्याङ नगरपालिका–९ बेलचौरमा रहेको श्रीकृष्ण गण्डकी दुग्ध उत्पादक सहकारी संस्थाका कृषकहरुलाई अनुदान बापतको जम्मा रु २ लाख ८८ हजार १ सय ७२ रुपियाँ वितरण गरिएको हो ।
सहकारीमार्फत् दुध संकलन गरेको ६२ जना किसानहरुलाइ अनुदान दिइएको गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो । उनीहरुले १९ हजार दुई सय ११ लिटर दूध उत्पादन गरेको उहाँले बताउनुभयो ।
वडा नं।९ का कृषक भुपराज खनालले २ हजार ६ सय ६० लिटर दूध विक्री गरि जम्मा रु ३९ हजार ९ सय र अर्का कृषक प्रेम नारायण खनालले चालु आर्थिक वर्षको ६ महिनामा दुई हजार पाँच सय आठ लिटर दुध बिक्रि गरी ३७ हजार ६ सय २० रुपियाँ अनुदान प्राप्त गर्नुभएको छ ।
सेतो सहरको रुपमा विकास गरिरहेको गल्याङले दुध उत्पादक कृषकलाई उत्पादनमा आधारित रहेर आर्थिक वर्ष २०७६/७७ बाट प्रति लिटर १५ रुपैया अनुदान दिँदै आएको छ । उत्पादनका आधारमा दुधमा अनुदान दिने नीतिले नगरपालिकामा दुग्ध उत्पादक किसान बढ्नुका साथै दुध उत्पादनमा वृद्धि भएको प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले बताउनुभयो ।
११ वटा वडामा रहेका ११ वटा दुग्ध उत्पादक तथा संकलक सहकारी तथा तीन वटा समूह मार्फत दुध संकलन र बजारीकरण हुँदै आएको गल्याङ नगरपालिकाका पशु सेवा शाखा प्रमुख डाक्टर सुप्रिना शर्माले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #दुधको अनुदान रकम लिएर गल्याङका जनप्रतिनिधि गाउँगाउँमा
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ५तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
तपाईको कमेन्ट लेख्नुहोस्