राजश्व वृद्धि प्रगतिलाई मात्र चित्त बुझाएर बस्न सक्ने अवस्था छैन : उपप्रधानमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत वर्षको तुलनामा यो वर्ष राजश्व वृद्धिमा प्रगति भएको बताएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको असरमा बोल्दै उनले राजश्व वृद्धिमा प्रगति भएपनि चित्त बुझाएर बस्नसक्ने अवस्था नरहेको बताए ।
उनले भने, ‘जिन्दगीभरी धेरै राम्रो काम गर्न त्यति सजिलो छैन । अहिले राजश्वको लक्ष्यको हिसाबले चापमा छौं । गत वर्षको तुलनामा राजश्वमा केही प्रगति भएको छ । राजश्व वृद्धिमा भएको प्रगतिमा चित्त बुझाएर बस्न सक्ने अवस्था छैन । त्यसैले राजश्वसँग सम्बन्धित कुरा भन्सार विभागले बुझ्नुपर्छ । हिजोको तुलनामा प्रगति गरेको हेरेर बस्ने होइन यो वर्षको राजश्वको लक्ष्य हासिल गरेर अगाडि बढ्नुपर्नेछ ।’
साथै उनले अर्थतन्त्रमा देखा परेको शिथिलतालाई प्रभावकारी ढंगले चलाउन सके राजश्वको लक्ष्य हासिल गर्न सकिने बताए । उनले आर्थिक वर्षको मध्यतिर आइपुगेको र समीक्षा गर्ने विन्दुमा आइपुगेकाले विगतको ६ महिनाको राजश्व परिचालनको अनुगमन गरेर सही ढंगले काममा लाग्न भन्सार विभागका सबै कर्मचारीहरूलाई आग्रह गरे ।
भन्सार विभाग थप जिम्मेवार र उत्तरदायी
यसैगरी नेपाल उद्योग महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रले सबल अर्थतन्त्र निर्माण गर्न भन्सार विभागलाई थप जिम्मेवार र उत्तरदायी बनाएको बताएका छन् । उनले मुलुकको समग्र विकासको लागि व्यापारलाई भन्सारले अग्र स्थानमा राख्नुपर्ने बताए ।
उनले भने,‘निजी क्षेत्रले सबल अर्थतन्त्र निर्माण गर्न भन्सार विभागलाई थप जिम्मेवार र उत्तरदायी बनाएको छ । तर भन्सार विभागमा देखिएका प्रक्रियागत झन्झटहरु कम हुनुपर्ने आवश्यक छ । वस्तुको मूल्यांकन पद्धति अनुसार समेत हुनुपर्छ ।
विभागका तजविधि अधिकारीहरुको अन्त्य हुनुपर्ने, प्रशासनिक पुनरावलोकनका आदेशहरु प्रभावकारी कार्यान्वयन हुनुपर्ने लगायतका सुझावहरू उद्योग महासंघले दिएको छ । भन्सारले मुलुकको समग्र विकासको लागि व्यापारलाई अग्र स्थानमा राख्नुपर्ने आवश्यक देखिन्छ ।’
साथै उनले भन्सार विभागले राजश्वमा संकलनमा उच्च ध्या
क्याटेगोरी : समाचार
ट्याग : #राजश्व वृद्धि प्रगतिलाई मात्र चित्त बुझाएर बस्न सक्ने अवस्था छैन : उपप्रधानमन्त्री पौडेल
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ५तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
तपाईको कमेन्ट लेख्नुहोस्