Techie IT
बुधबार, माघ २३,२०८१

ठाकुरले गरे श्रीमतीको हत्या


ढल्केबर, माघ १३ गते । धनुषामा श्रीमानले लाठी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । शनिवार राति २ बजे नगरपालिका–५, पर्वताका ३३ वर्षीय देवलाल ठाकुरले २७ वर्षीया श्रीमती सङ्गीता ठाकुरलाई लाठी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

देवलालले श्रीमतीसँग घरभित्र विवाद भएपछि आवेशमा आएर लौरो प्रहार गरेको बताइएको छ । इलाका प्रहरी कार्यालय धनुषा धामका अनुसार सङ्गीताको गम्भीर चोटका कारण घटनास्थलमै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले आरोपित देवलाललाई नियन्त्रणमा लिएको छ । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #ठाकुरले गरे श्रीमतीको हत्या


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Fair
6:46 am5:48 pm +0545