दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं, माघ ११ गते । बीपी कोइराला मेमोरियल क्यानसर अस्पताल, भरतपुर, चितवनमा प्रशासनतर्फ वरिष्ठ सहायक पदमा कार्यरत कमला अधिकारीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार अधिकारीले वरिष्ठ सहायक पदमा बढुवा प्रयोजनका लागि प्रमाणपत्र तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी पदोन्नति भएको पाइएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम निजविरुद्ध कैद र जरिवाना सजाय हुन मागदाबी लिइ शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।
यसैगरी, चितवनको भरतपुर नगरपालिका वडा नं. २६ बस्ने नन्दलाल पौडेलविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।
आयोगका अनुसार सरकारी साक्षीका रुपमा पेस गरिएका पौडेलले सञ्चालन गरेको ‘ए प्लस मेडिको’ बाट बीपी कोइराला मेमोरियल क्यानसर अस्पताल, भरतपुरमा औषधी सप्लाई गरेबापत प्राप्त गर्नुपर्ने भुक्तानी रकम प्राप्त गर्नका लागि प्रतिवादी अमृता कोइरालालाई एक लाख ५० हजार रुपियाँ नगद र चेक चार लाख ५० हजार रुपियाँ गरी ६ जम्मन ६ लाख रुपियाँ घुस दिएका हुन् ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम पौडेलललाई जरिवाना हुन एवम् प्रतिवादी अमृता कोइरालाले लिइसकेको घुस रकम ६ लाख रुपियाँ बिगो समेत जफत हुन मागदाबी लिइ शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्