वामदेव ठिक ठाउँमा उभिएको भए पार्टी अदालतबाट भंग हुनुपर्ने परिस्थिति नै आउँदैनथ्यो : राजेन्द्र गौतम
काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमालेबाट निकालिएका नेता डा। भीम रावल र आउन हतारिएका नेता वामदेव गौतमको आलोचना गरेका छन् ।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागको धनगढीमा आयोजित सामाजिक सञ्जालको प्रयोग सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनी भीम रावलले पार्टीले गरेको कारबाहीको बचाउनमा बोले ।
उनले भने, ‘अध्यक्षमा पराजित भएकाहरूलाई केन्द्रीय सल्लाहकारमा राख्ने हाम्रो व्यवस्था छ । उहाँले सल्लाकारको शपथ पनि लिनुभएन। फेरि पार्टी सदस्यता नवीकरण गर्नुभएन। त्यसपछि कार्यदल बनाएर पार्टीले छलफल पनि गरेको हो, उहाँले मान्नुभएन । उहाँले पार्टीले सोधेको स्पष्टीकरण पनि बुझ्न मान्नुभएन। कुनै जवाफ पनि दिनुभएन ।’
उनले नेता रावललाई पार्टीले समात्न खोज्ने परपर भागेको आरोप लगाए ।
उनले भने, ‘उहाँ अहिले अहिले एउटा अभियानको नाममा अर्कै पार्टी बनाएर हिँडिसक्नुभयो । अब विगतमा उहाँले गरेको कामलाई सम्झिए पनि उहाँ पार्टीको लाइनमा हुनुहुन्न । छुट्टै पार्टी बनाउने अभियानमा हुनुहुन्छ। अब हामीले मात्रै चित्त दुखाएर हुँदैन। केही साथीहरूले कारबाही नगरेको भयो भन्ने कुरा पनि आएको छ । त्यसको कुनै अर्थ र औचित्य छैन। नयाँ यात्रा सुरु गर्नेलाई रामराम भन्ने मात्रै हो।’
उनले अर्का नेता गौतमकै कारणले विगतमा एमालेले ठूलो दुख भोग्नुपरेको बताए । उनले अहिले पार्टीले गौतमसँग सहकार्य गर्ने मात्रै निर्णय गरेको उल्लेख गर्दै हतारिएर एकता प्रक्रियामा नजाने प्रष्ट्याए।
उनले भने, ‘हिजो पार्टी एकीकृत हुँदा वामदेव गौतमको कारणले सबैभन्दा बढी एमालेले दुख पाएको थियो । उहाँ ठिक ठाउँमा उभिएको भए पार्टी अदालतबाट भंग हुनुपर्ने परिस्थिति नै आउने थिएन । उहाँकै कारणले। कहिले कता कहिले कता गर्नुभयो । त्यसपछि भएता अभियान भनेर थाल्नुभयो। अहिले फर्केर पछाडि हेर्दा कोही नहुने अवस्था आएपछि पार्टीमा आउँछु भन्नुभयो ।’
क्याटेगोरी : समाचार
ट्याग : #वामदेव ठिक ठाउँमा उभिएको भए पार्टी अदालतबाट भंग हुनुपर्ने परिस्थिति नै आउँदैनथ्यो : राजेन्द्र गौतम
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्