Techie IT
बुधबार, माघ ९,२०८१

रविलाई श्रीमती र कानून व्यवसायीको जिम्मामा छाडियो, विहीबार हाजिर हुनुपर्ने


रुपन्देही । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने हाजिरी जमानीमा रिहा भएका छन् ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई भोलि उपस्थित हुने सर्तमा पत्नी निकिता र कानून व्यवसायीको जिम्मा लगाउन आदेश दिएको हो ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा बुधबार रविको बयान सकिएको छ ।

भोलिदेखि थुनछेक बहस सुरू हुनेछ । आज पत्नी र कानून व्यवसायीको जिम्मामा रिहा गरिएको साथै भोलि १० बजे अदालतमा उपस्थित हुनुपर्ने भनिएको अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए ।

बुधबार बयान सकेर थुनछेक बहसका लागि समय घर्केपछि उनलाई हिरासत पठाउने कि जमानीमा छाड्ने विषयमा निर्णय आउन ढिला भएको थियो । लामिछानेले आफैँ अदालत हाजिर भएकाले हिरासत बाहिरै बस्न पाउनुपर्ने माग गरेका थिए ।

बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संठगित अपराध कसुरमा लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक र गितेन्द्रबाबु राईसहित १७ जनालाई थप कसुर र बिगो थपसहितको मुद्दा दर्ता भएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
14°
Fair
6:53 am5:37 pm +0545