नीतिगत रुपमा स्थायित्व सोच्नसक्ने अवस्थामा छैनौं : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नीतिगत रुपमा स्थायित्व सोच्न सक्ने अवस्थामा नरहेको बताएका छन् । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अहिले राजनीतिक अस्थिरता चुनौती बनिरहेको बताए ।
उनले भने, ‘हामीले भविष्यको बारेमा सोच्नुपर्छ । अहिले नीतिगत रुपमा स्थायित्व सोच्नसक्ने अवस्थामा छैनौं । राजनीतिक अस्थिरता चुनौती बनिरहेको छ । हाम्रो भविष्य सधैं यस्तै रहन्छ भन्ने होइन । हामी हाम्रो भविष्य सुधार्न चाहन्छौं, सक्छौं । सुधार्नुपर्छ । त्यो हिसाबले सोच्नुपर्छ। सभ्य र विकशित राष्ट्र निर्माण गर्ने कुरामा यातायात क्षेत्रको प्रगति हुनुपर्छ ।’
समृद्ध नेपाल, सुखी नेपाली बनाउनको लागि पनि यातायात क्षेत्रलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #नीतिगत रुपमा स्थायित्व सोच्नसक्ने अवस्थामा छैनौं : शंकर पोखरेल
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्