Techie IT
बुधबार, माघ २३,२०८१

इतिहासमै पहिलोपटक शुनसान टोखाको सपनातिर्थ


पुकार तिमलसिना

काठमाडौ । देशकै गहनाको रुपमा लिइने टोखाको सपनातिर्थ मेला यो वर्ष कोरोना महामारी कै कारण स्थगित भएको छ । नेपालकै सबैभन्दा पुरानो बिस्केट जात्राको रुपमासमेत परिचित सपनातिर्थ मेला नहुने भएपछि शुनसान बनेको हो ।

हरेक नयाँ बर्षको बैशाख १ गते लाखौको संख्याका भक्तजन तथा तिर्थालुले मनाउने यो मेलालाई कोरोना महामारीको कारण स्थगन गरिएको टोखा नगरपालिकाको मेयर प्रकाश अधिकारीले बताए । उनले भने, टोखामा सपनातिर्थको मेलासहित सम्पूर्ण जात्राहरु स्थगित गरिएका छन् ।

ऐतिहासिक तथा साँस्कृतिक महत्व बोकेको टोखामा हरेक वैशाख १ देखि ४ गतेसम्म जात्रा मनाइदै आएको थियो । स्थानीयहरुका अनुसार सपनतिर्थ मेला र जात्रा रोकिएको यो नै पहिलो पटक हो ।

टोखाको सपनातिर्थ मन्दिर परिसरको त्रिवेणी र दूधबेनी खोलाको संगम स्थलमा बनाईएको पोखरीमा नुहाउँदा कुष्ठ तथा चिलाउनेजस्ता रोगहरुको निको हुने जनविश्वास छ । यही विश्वासले लाखौ भक्तजनहरु विहान सवेरै यहाँ आउने चलन छ । तर यो वर्ष मेला र जात्रा दुवै नहुने भएपछि सपनतिर्थ शुनसान भएको हो ।

पुजापाठ गर्न मठ मन्दिरहरुमा घुइँचो नहोस् भनेर नेपाल प्रहरी तथा सेनाका जवानहरुले गस्ती गरिरहेका छन् । टोखा चाकुको लागि पनि प्रसिद्ध ठाउँ हो ।

 

 

 

 

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #टोखा, #टोखाको सपनातिर्थ मेला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:46 am5:48 pm +0545