Techie IT
सोमबार, माघ ७,२०८१

मन्त्रिपरिषद् बैठक : संसदको हिउँदे अधिवेशन माघ १८ मा बोलाउन सिफारिस


काठमाडौं । सरकारले संघीय संसदको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन सिफारिस गरेको हो ।

प्रधानमन्त्री ओलीले संसद अधिवेशन बोलाउनेबारे आजै सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए । विपक्षी दलहरूले सरकारले अधिवेशन नबोलाएर अध्यादेशबाट शासन गर्न खोजेको भन्दै आलोचना गरिरहेको बेला सरकारले अधिवेशन आह्वान गरेको हो ।

सरकारले अधिवेशन नडाके विशेष अधिवेशन बोलाउने चेतावनी विपक्षी दलहरूले दिँदै आएका थिए।


क्याटेगोरी : समाचार
ट्याग : #मन्त्रिपरिषद् बैठक : संसदको हिउँदे अधिवेशन माघ १८ मा बोलाउन सिफारिस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
11°
Fair
6:53 am5:36 pm +0545