एकल पुरुषलाई मासिक भत्ता
स्याङ्जा, माघ ६ गते । यहाँको हरिनास गाउँपालिकाले ६० देखि ६८ वर्ष उमेरका एकल पुरुषलाई भत्ता दिन निर्णय गरेको छ । पालिकाको १६ औँ गाउँ सभामा कार्यविधि बनाएर एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको हो ।
कार्यविधिमा तोकिएको उमेर भएको र कुनै सरकारी सेवामा नरहेको तथा स्वदेशबाट मात्रै नभएर वैदेशिक निकायबाट समेत सेवा प्राप्त नगरेकाहरूलाई भत्ता दिने भएको हो । एकल पुरुषले श्रीमतीको मृत्यु भएको वा अदालतबाट सम्बन्धविच्छेद भएर पुनः विवाह नभएको प्रमाणित कागजपत्र हुनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।
कार्यविधिमा उल्लेख भए अनुसारको प्रक्रिया पूरा गरेको अवस्थामा वडा कार्यालयबाट मासिक रूपमा एक हजार रुपियाँ एकल पुरुष भत्ता प्रदान गरिने गाउँपालिकाले जनाएको छ । श्रीमतीको मृत्यु वा सम्बन्धविच्छेदबाट एकल पुरुषलाई जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले भत्ता दिने निर्णय गरिएको पालिकाका अध्यक्ष खिमनारायण मानन्धरले बताउनुभयो ।
त्यसै गरी पालिकाले स्थानीय मदिराजन्य पेय पदार्थको ब्रान्डिङ गर्ने ऐन २०८१ समेत बनाएको छ । स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थानीयस्तरमा उत्पादन हुने मदिरालाई ब्रान्डिङ गर्न ऐन निर्माण गरिएको र यसका लागि १० लाख रुपियाँ बजेट विनियोजन गरेको अध्यक्ष मानन्धरले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एकल पुरुषलाई मासिक भत्ता
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्