प्रगतिशील समाजवादबारे ! तुलसीराज गिरी
नयाँ राजनीतिक दलको पहिलो काम विचार निर्माण भएकोले नयाँ राजनीतिक शक्तिका लागि नवीन सिद्धान्त तथा विचारका रूपमा प्रगतिशील समाजवादलाई अङ्गीकार गरिएको छ । दीर्घकालीन रणनीतिक लक्ष्यका रूपमा प्रगतिशील समाजवाद रहनेछ। संघीय लोकतान्त्रिक गणतान्त्रात्मक व्यवस्थाको सुदृढीकरण गर्दै अघि बढ्ने कार्यनीति लिइनेछ ।
जनताबाट बहुमत प्राप्त गरि जन अपेक्षा अनुरुप संविधान संशोधन गर्दै लोक कल्याणकारी प्रगतिशील सुधारका कार्य अघि बढाउँदै विकास र समृद्धिको माध्यमबाट लोकतान्त्रिक र शान्तिपूर्ण बाटोबाट प्रगतिशील समाजवाद स्थापना गरिनेछ।
प्रगतिशील समाजवादी विचार निर्माणका लागि आधारका रूपमा नेपाल एकीकरणको ऐतिहासिक योगदान , बाह्य आक्रमणबाट देशलाई बचाउन गरिएका वीरतापूर्वक लडेको इतिहास , २००७ सालमा भएको प्रजातान्त्रिक आन्दोलन र परिवर्तन , २०४६ सालको बहुदलीय प्रजातन्त्रका लागि भएको जनआन्दोलन , २०६२/ ६३ सालको लोकतान्त्रिक जनक्रान्ति , सशस्त्र सङ्घर्ष , मधेश विद्रोह , विभिन्न जनजाति आदिवासी जातीय आन्दोलन , महिला , दलित , पिछडा वर्ग र पिछडिएको क्षेत्र समुदायका आन्दोलन , अनुभव र अध्ययनबाट नेपाली मौलिकतामा आधारित प्रगतिशील समाजवादी विचार निर्माण भएको हो। प्रगतिशील समाजवादका विशेषताहरू निम्नअनुसार रहेका छन्
१.) राष्ट्रियता
२.) लोकतान्त्रिक गणतन्त्र
३.) संघीयता
४.) समावेशी समानुपातिक प्रतिनिधित्व
५.) बहुदलीय प्रतिस्पर्धा
६.) सामाजिक न्याय
७.) बहुलवादी खुला समाज
८.) संविधानको सर्वोच्चता
९.) नागरिक स्वतन्त्रता
१०.) सनातन धर्म संस्कृतिको संरक्षण तथा धार्मिक सांस्कृतिक स्वतन्त्रता
११.) मौलिक अधिकार
१२.) मानव अधिकार
१३.) वालिक मताधिकार
१४.) पूर्ण प्रेस स्वतन्त्रता
१५.) आवधिक निर्वाचन
१६.) निष्पक्ष न्यायपालिका
१७.) शक्ति पृथकीकरण
१८.) कानुनी राज्य
१९.) भ्रष्टाचार नियन्त्रण सुशासन र दिगो विकास
२०.) सामाजिक आर्थिक रूपान्तरण
२१.) इतिहासको उचित मूल्याङ्कन र सम्मान
२२.) प्रत्यक्ष निर्वाचित कार्यकारी तथा संसदको पूर्ण समानुपातिक निर्वाचन र
२३.) प्रगतिशील समाजवाद ।
प्रगतिशील_समाजवादबारे व्याख्या विश्लेषण मौलिक रूपमा निरन्तर गरिने छ। घोषणा पत्रमा विस्तृत रूपमा आउनेछ। प्रगतिशील समाजवादी विचार छलफल र बहसका लागि अघि सारिएको हो। सुझावका लागि सबै महानुभावहरुमा अनुरोध छ। थप स्पष्टताका लागि नीति , कार्यक्रम र नाराहरु पार्टी घोषणासभामा गरिने छ। यस विचारमा सहमत हुनु हुने सबैलाई नयाँ विचार र आन्दोलनमा जुट्दै पुर्ण लोकतान्त्रिक चरीत्रको प्रगतिशील समाजवादको यात्रामा हातेमालो गर्न अपिल गर्दछु।
तुलसी राज गिरी
प्रगतिशील समाजवादी विचार केन्द्र
Whatsapp नम्बर 9851138041
क्याटेगोरी : समाचार
ट्याग : #प्रगतिशील समाजवादबारे ! तुलसीराज गिरी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्