सुख्खा पहिरोले बिराटनगर – किमाथांका जोड्ने कोशी राजमार्ग अवरुद्ध
खाँदबारी (संखुवासभा) । बिराटनगर – किमाथांका जोड्ने कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका- ३ सोम्बुङ डाँडामा सुख्खा पहिरो खसेको छ ।
शुक्रवार ११ बजे तिर सडकभन्दा माथिवाट खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। पहिरो खसेपछी खाँदवारीवाट भोटखोलाको च्याम्ताङ जाने यातायातका साधन वारपार गर्न नसकेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो ।
करिव ३५ मिटर माथिबाट खसेको सुख्खा पहिरोले २० मिटर भन्दा बढी कच्ची सडक अवरुद्द पारेको छ ।
इलाका प्रहरी कार्यालय हटिया गोलाबाट गएको प्रहरी टोली र स्थानीय बासिन्दा मिलेर पहिरो हटाउने प्रयास गरिरहेको छ । भोटखोला गाउँपालिकाको केन्द्रवाट पहिरो गएको स्थान करिब ९ किलोमिटर टाढा पर्छ ।
पहिरो खसेको सडक खण्डमा उत्तर दक्षिण कोशी सडकले डोजर पठाएर मर्मत गर्ने जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #संखुवासभा, #सुख्खा पहिरोले बिराटनगर - किमाथांका जोड्ने कोशी राजमार्ग अवरुद्ध
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्