टोखा नगरपालिकाको १६ औं नगरसभा अधिवेशन सम्पन्न (पूर्ण पाठ सहित)
टोखा नगरपालिका कार्यालयको १६औं नगरसभा अधिवेशन सम्पन्न भएको छ । सोमबार एक समारोहका बीच नगर प्रमुख प्रकाश अधिकारीको सभाध्यक्षमा १६ औं नगर अधिवेशन सम्पन्न भएको हो ।
नगरसभामा नगर प्रमुख प्रकाश अधिकारी, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, शाखा प्रमुखहरूको उपस्थिति रहेको कार्यक्रममा उपप्रमुख तामाङले नगरपालिकाको आर्थिक वर्ष ०८१/८२ का लागि संशोधनसहितको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी विकासका योजना सार्वजनिक गर्नु भएको थियो ।
नगरपालिकाको चालु आर्थिक बर्षको लागि स्वीकृत वजेट मध्ये हालसम्म (पुस २६) मसान्तसम्म चालु तर्फ रु. १८ करोड ८७ लाख ६२ हजार अर्थात २५.५ प्रतिशत तथा पुंजीगत तर्फ रु ८ करोड ११ लाख ७४ हजार अर्थात ८.४६ प्रतिशत गरी कूल रु. २६ करोड ९९ लाख ३६ हजार अर्थात १५.८८ प्रतिशत खर्च भएको छ ।
नगरसभाको पन्ध्रौं अधिवेशनवाट स्वीकृत आयोजनाहरु मध्ये हाल सम्म सम्झौता भएका आयोजना संख्या १५१ रहेको छ जसमध्ये ६५ आयोजनाहरु सम्पन्न भईसकेका छन् भने अन्य कार्यान्वयनको चरणमा रहेका छन् । समग्रमा पन्ध्रौं अधिवेशनवाट स्वीकृत आयोजनाहरुहरुको कार्यान्वयनवाट हाल सम्म भौतिक प्रगति ३५.१२ प्रतिशत र वित्तीय प्रगति १५.८८ प्रतिशत रहेको देखिन्छ ।
चालु आर्थिक बर्षमा स्वीकृत भई कार्यान्वयनमा रहेका मुख्य मुख्य आयोजनाहरुमा वडा नं. ८ र ११ को वहुउदेश्यीय सामुदायिक भवन, डिजिटल घर नम्बर विचरण प्रणाली, विष्णुमति करिडोर सडक कालोपत्रे, नेपाल विद्युत प्राधिकरणको लागत साझेदारीमा नगरपालिका भित्रका मुख्य मुख्य सडकहरुमा स्मार्ट सडकवत्री जडान, चण्डेश्वरी माद्यमिक विद्यालयको भौतिक निर्माण आदि रहेका छन् ।
१६ औं नगर अधिवेशनमा उपप्रमुख मुरारी तामाङद्वारा प्रस्तुत आर्थिक बर्ष २०८१/८२ को आय व्ययको संशोधन प्रस्तावको पूर्ण पाठ
टोखा नगरपालिका, नगरसभाको सोह्रौ अधिवेशनमा उपप्रमुख श्री मुरारी तामाङद्धारा प्रस्तुत आ.ब.२०८१/८२ को आय-व्ययको संशोधन प्रस्ताव
टोखा नगरपालिकाको नगरसभाको सोह्रौं अधिवेशनका अध्यक्ष एवं प्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, सभामा उपस्थित नगरसभाका सदस्यज्यूहरु, नगरपालिकाका कर्मचारीहरु, पत्रकार लगायत उपस्थित सबैमा हार्दिक नमन गर्दछु ।
अध्यक्षज्यूको अनुमतिले टोखा नगरपालिका नगरसभाको १६ औं अधिवेशन बैठकमा टोखा नगरपालिकाको आर्थिक बर्ष २०८१/८२ को आय व्ययको संशोधन प्रस्ताव प्रस्तुत गर्न उपस्थित भएको छु ।
यस घडीमा देश र जनताको मुक्तिका लागि जीवन उत्सर्ग गर्नु हुने सम्पुर्ण शहीदहरु प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु । राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, लोकतन्त्र र सम्वृद्धिका लागि संघर्ष गर्नु हुने सवै नगरवासी तथा त्यसको सक्षम नेतृत्व प्रदान गर्नुहुने अग्रणी राजनैतिक व्यक्तित्वहरु प्रति उच्च सम्मान प्रकट गर्दछु ।
आर्थिक बर्ष २०८१/८२ को नीति,कार्यक्रम तथा बजेट मिति २०८१-३-१० मा नगरसभाको १५ औं अधिवेशनबाट पारित गरी हाल कार्यान्वयनको मध्यान्हमा आईपुगेका छौं ।
नेपालको संबिधानले आत्मसात गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यबस्थाको सफल कार्यान्वयन गर्नका लागि नेपाल सरकारले लिएको सम्बृद्ध नेपाल सुखी नेपालीको परिदृष्यलाई साकार पार्न योजना तर्जुमा गरी सो को प्रभाबकारी कार्यान्वयन गर्न संघ, प्रदेश र स्थानीय सरकारका नीति, योजना, बजेट तथा कार्यक्रमहरुमा पारस्परिक सम्वन्ध हुन आवश्यक छ र सोहि अन्तर्गत केहि सुधारात्मक सम्वन्ध स्थापित हुदै गएको महशुस भएको छ ।
अध्यक्ष महोदय,
अव म नगरसभाको पन्ध्रौं अधिवेशनवाट स्वीकृत योजना कार्यक्रम तथा वजेटको हाल सम्मको कार्यान्वयनको अवस्था वारे समिक्षात्मक विवरण प्रस्तुत गर्न अनुमति चाहान्छु ।
नगरसभाको पन्ध्रौं अधिवेशनवाट चालु आर्थिक बर्ष २०८१/८२ को लागि रु. १ अर्ब ७० करोडको आय-व्ययको अनुमान पारित भई विनियोजन ऐन,२०८१ मार्फत नगर कार्यपालिकालाई खर्च गर्ने अख्तियारी प्रदान भएको थियो ।
आय तर्फ आन्तरिक श्रोतको कर तथा गैह्र कर सेवा शुल्कहरुवाट ३२ करोड ८८ लाख २१ हजार अर्थात १९.३४ प्रतिशत, गत आर्थिक बर्ष २०८०/८१ मा खर्च हुन नसकेको श्रोत अल्या रु ४२ करोड अर्थात २४.७१ प्रतिशत तथा संघीय सरकार, प्रदेश सरकारवाट प्राप्त अनुदान, एवं अन्य विभिन्न श्रोतबाट रु. ९५ करोड ११ लाख ७९ हजार अर्थात ५५.९५ प्रतिशत प्राप्त हुने अनुमान गरिएको थियो भने व्यय अन्तर्गत चालु तर्फ रु. ७४ करोड २ लाख २८ हजार अर्थात ४३.५४ प्रतिशत, पुजीगत तर्फ रु. ९६ करोड ९७ लाख ७३ हजार अर्थात ५६.४६ प्रतिशत विनियोजन गरिएको थियो ।
नगर सभाको पन्ध्रौं अधिवेशनबाट आर्थिक बर्ष २०८१/८२ का लागि पारित भएका नीति तथा कार्यक्रम कार्यान्वयनको लागि विभिन्न नगर गौरबका आयोजनाहरु स्वीकृत गरी आवश्यक बजेट विनियोजन गरिएको थियो । जुन हाल कार्यान्वयनको चरणमा रहेका छन् ।
चालु आर्थिक बर्षमा स्वीकृत भई कार्यान्वयनमा रहेका मुख्य मुख्य आयोजनाहरुमा वडा नं. ८ र ११ को वहुउदेश्यीय सामुदायिक भवन, डिजिटल घर नम्बर विचरण प्रणाली, विष्णुमति करिडोर सडक कालोपत्रे, नेपाल विद्युत प्राधिकरणको लागत साझेदारीमा नगरपालिका भित्रका मुख्य मुख्य सडकहरुमा स्मार्ट सडकवत्री जडान, चण्डेश्वरी माद्यमिक विद्यालयको भौतिक निर्माण आदि रहेका छन् ।
चालु आ.ब. २०८१/८२ को हालसम्म ( पुस २६ गते ) आन्तरिक श्रोतको कर तथा गैह्रकर सेवा शुल्क तर्फ रु. १७ करोड ३६ लाख ६४ हजार अर्थात ५२.८१ प्रतिशत, गत बर्षको बास्तविक अल्या रकम ५२ करोड ५८ लाख १५ हजार अर्थात १२५.१९ प्रतिशत तथा संघीय सरकार, प्रदेश सरकारवाट प्राप्त अनुदान, अन्य विभिन्न श्रोतबाट रु. ४० करोड ३२ लाख १५ हजार अर्थात ४२.३९ प्रतिशत गरी जम्मा रु १ अर्ब १० करोड २६ लाख ९४ हजार प्राप्त भई चालु आ.ब.२०८१/८२ को लागि कूल अनुमानित आयको ६४.८६ प्रतिशत भएको व्यहोरा जानकारी गराउदछु ।
चालु आर्थिक बर्षको लागि स्वीकृत वजेट मध्ये हाल सम्म (पुस २६) मसान्त सम्म चालु तर्फ रु. १८ करोड ८७ लाख ६२ हजार अर्थात २५.५ प्रतिशत तथा पुंजीगत तर्फ रु ८ करोड ११ लाख ७४ हजार अर्थात ८.४६ प्रतिशत गरी कूल रु. २६ करोड ९९ लाख ३६ हजार अर्थात १५.८८ प्रतिशत खर्च भएको व्यहोरा जानकारी गराउन चाहान्छु ।
नगरसभाको पन्ध्रौं अधिवेशनवाट स्वीकृत आयोजनाहरु मध्ये हाल सम्म सम्झौता भएका आयोजना संख्या १५१ रहेको छ जसमध्ये ६५ आयोजनाहरु सम्पन्न भईसकेका छन् भने अन्य कार्यान्वयनको चरणमा रहेका छन् । समग्रमा पन्ध्रौं अधिवेशनवाट स्वीकृत आयोजनाहरुहरुको कार्यान्वयनवाट हाल सम्म भौतिक प्रगति ३५.१२ प्रतिशत र वित्तीय प्रगति १५.८८ प्रतिशत रहेको देखिन्छ ।
अध्यक्ष महोदय,
अब म पन्ध्रौं अधिवेशनवाट विषय क्षेत्रगत रुपमा विनियोजन भएका योजना तथा कार्यक्रमहरुको हाल सम्मको वित्तीय प्रगति विवरण प्रस्तुत गर्न अनुमति चाहान्छु ।
क. आर्थिक विकास :- आर्थिक बिकासको मुख्य शिर्षकमा उद्योग तथा वाणिज्य, कृषि, पशु, पर्यटन, वित्तीय क्षेत्र र सहकारी रहेका छन् । यस क्षेत्र अन्तर्गतका शिर्षकहरुमा कुल रु. ३ करोड ४८ लाख ४३ हजार अर्थात २.०५ प्रतिशत बजेट बिनियोजन भएको थियो । जसमध्ये पुस २६ गते सम्म १०.१३ प्रतिशत खर्च भएको व्यहोरा जानकारी गराउन चाहन्छु ।
ख. सामाजिक विकास :- सामाजिक बिकासको मुख्य शीर्षकमा खानेपानी तथा सरसफाई, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, शिक्षा, युवा तथा खेलकूद,स्वास्थ्य र संस्कृती प्रवर्द्धधनका कार्यक्रमहरु समेटिएका छन् । यस क्षेत्र अन्तर्गतका शिर्षकमा कुल रु. ३४ करोड ८७ लाख ४६ हजार अर्थात २०.५१ प्रतिशत बजेट बिनियोजन भएको थियो । जसमध्ये पुस २६ गते सम्म ११.०३ प्रतिशत खर्च भएको व्यहोरा जानकारी गराउन चाहन्छु ।
ग. पूर्वाधार विकास :- यस क्षेत्र अन्तर्गत उर्जा, भवन तथा सहरी विकास, वैकल्पिक उर्जा र सञ्चार, सडक तथा अन्य सवै खाले पूर्वाधारका क्षेत्रहरु समेटिएका छन । यसक्षेत्र अन्तर्गतका शिर्षकमा कुल रु. ७७ करोड १० हजार अर्थात ४५.२९ प्रतिशत बजेट बिनियोजन भएको थियो । जसमध्ये हाल सम्म (पुस २६) ९.५२ प्रतिशत खर्च भएको व्यहोरा जानकारी गराउन चाहान्छु ।
घ. वातावरण तथा विपद् व्यवस्थापन सुशासन तथा अन्तर सम्वन्धित:- यस मुख्य शिर्षकमा बाताबरण संरक्षण, जलवायु परिवर्तन, फोहोरमैला व्यवस्थापन, ल्याण्डफिल्ड साईटको ब्यबस्थापन, वन तथा भू–संरक्षण, वारुणयन्त्र सञ्चालन र विपद व्यवस्थापनका क्षेत्रहरु समेटिएका छन । यस क्षेत्र अन्तर्गतका शिर्षकहरुमा कुल रु. १२ करोड ७८ लाख ७६ हजार अर्थात ७.५२ प्रतिशत बजेट बिनियोजन भएको थियो । जसमध्ये हाल सम्म (पुस २६) ४.८५ प्रतिशत खर्च भएको व्यहोरा जानकारी गराउन चाहान्छु ।
ङ. संस्थागत विकास, सेवा प्रवाह, सुशासन तथा कार्यालय संचालन क्षेत्र : यस क्षेत्रमा अभिलेख व्यवस्थापन, नागरिक वडापत्र, मानव संसाधन विकास, सूचना प्रविधि, सुरक्षा व्यवस्थापन, सेवा प्रवाह, आन्तरिक तथा अन्तिम लेखापरीक्षण, राजश्व परिचालन, संस्थागत क्षमता विकास, पूँजीगत सम्पत्तिको सञ्चालन र सम्भार, कार्यालय सामाग्री तथा सेवाहरु, सेवा तथा परामर्श, कार्यक्रम सम्बन्धी खर्चहरु, अनुगमन र मुल्याङ्कन र भ्रमण अन्तर्गत हुने खर्चहरु आदि समेटिएका छन । यस क्षेत्र अन्तर्गतका शिर्षकमा कुल रु.४१ करोड ८५ लाख २५ हजार अर्थात २४.६२ प्रतिशत बजेट बिनियोजन भएको थियो । जसमध्ये हाल सम्म (पुस २६) ३६.५७ प्रतिशत खर्च भएको व्यहोरा जानकारी गराउन चाहान्छु ।
अध्यक्ष महोदय,
अव म यस सभा समक्ष स्थानीय सरकार संचालन,२०७४ को दफा ७१(८) तथा विनियोजन ऐन,२०८१ को दफा ३ (६) वमोजिम आर्थिक बर्ष २०८१/८२ को आय-व्ययको संशोधित अनुमान प्रस्तुत गर्न अनुमति चाहन्छु ।
पन्ध्रौं अधिवेशनवाट स्वीकृत भएको चालु आर्थिक बर्षको आय-व्ययको अनुमानको हाल सम्म (२०८१ पुस २६) को अवस्था अध्ययन गरी विश्लेषण गर्दा हामी यस आर्थिक बर्षको ६ महिना व्यतित गरी सकेका छौं । हाल सम्मको आय-ब्ययको वास्तिक अवस्था विश्लेषण गर्दा हामी अनुमान गरे बमोजिम लक्ष्य हासिल गर्न ठुलो मिहिनेत गर्नु पर्ने देखिन्छ । हामीले चालु आर्थिक बर्षको बजेट निर्माण गरी रहदाँ गत आ.ब.२०८०/८१ को अल्या रकम अनुमान गरे भन्दा यथार्थमा १० करोड ५८ लाख १५ हजार बढी प्राप्त भएकोले अन्य आयको अनुमानलाई यथावत राखी चालु आर्थिक बर्षको आय रु. १ अर्व ८० करोड ५८ लाख १५ हजार हुने संशोधित अनुमान पेश गरेको छु । साथै स्थानीय आवश्यकता, नगरवासीको माग, विभिन्न वडा कार्यालयवाट विभिन्न मितिमा प्राप्त पत्र समेतका आधारमा नगरकार्यपालिकाबाट निर्णय गरी विभिन्न आयोजना तथा कार्यक्रमहरु संशोधन एवं केहि थप आयोजना तथा कार्यक्रमहरु तर्जुमा गरी स्वीकृतिको लागि संलग्न गरिएको छ । उल्लेखित आयोजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्न लाग्ने कूल रकम रु. १ अर्व ८० करोड ५८ लाख १५ हजार हुने गरी चालु आर्थिक बर्षको व्ययको संशोधित अनुमान पेश गरेको छु । जुन चालु आर्थिक बर्षको आय-व्ययको अनुमान रु. १ अर्व ७० करोड भन्दा १० करोड ५८ लाख १५ हजार अर्थात ६.२२ प्रतिशत बढी हुन आउँछ।
विभिन्न आयोजनाहरु कार्यान्वयनको क्रममा साविकमा विनियोजित रकम अपुग भएकोले आवश्यकताको आधारमा थप रकम विनियोजन गरेको छु भने केहि नयाँ आयोजनाहरुको लागि बजेट विनियोजन गरेको छु । संशोधित अनुमानबाट थप हुने मुख्य मुख्य आयोजनाहरु सपनतिर्थ देखि बरुडेश्वर महादेव मन्दिर सम्म निस्कने पैदल मार्ग (ग्रेट वाल निर्माण) को लागि हाललाई रु. २५ लाख विनियोजन गरेकोछु । बिष्णुमति करिडोर कालोपत्रे आयोजनाको लागि रु. २ करोड विनियोजन गरेको छु। घर नम्बर वितरणकार्यलाई आवश्यक पर्ने घर नम्बर प्लेट निर्माण एवं वितरणको लागि रु १ करोड ५० लाख विनियोजन गरेको छु । वडा नं. ८ मा निर्माणाधिन वहुउदेश्यीय भवनको लागि थप रु १ करोड विनियोजन गरेकोछु ।
जसको विस्तृत विवरण यसै साथ संलग्न अनुसूचीमा समावेश गरेको छु । प्रस्तावित संशोधित अनुमान पारित गरिदिनु हुन अनुरोध गर्दछु ।
नगरसभावाट पारित भएका आयोजना तथा कार्यक्रमहरु समयमानै सम्पन्न गरी सत प्रतिशत प्रगति हासिल गर्ने गरी नगर निर्माणमा जुट्ने गरी काम गर्न म सवै जनप्रतिनिधि, नगरवासीहरु तथा कर्मचारीहरुलाई अनुरोध गर्न चाहन्छु ।
यस सभावाट संशोधित बजेट तथा कार्यक्रमको सफल कार्यान्वयन सहित सत प्रतिशत वजेट खर्च गर्नको लागि सबै पक्षहरुको साथ र सहयोगको अपेक्षा गर्दै यस “कला,संस्कृतियुक्त,स्वच्छ,समुन्नत टोखा नगर “को विकास, समृद्धि र समुन्नतिका लागि निरन्तर सदभाब र सहयोग गर्नु हुने नगरसभाका अध्यक्ष लगायत सम्पूर्ण नगरसभा सदस्यज्यूहरु, नगरपालिकाका कर्मचारीहरु, पत्रकार लगायत सवैमा हार्दिक आभार प्रकट गर्दछु ।
धन्यवाद ।
२९ पुस, २०८१
ने.स. ११४५ पोहेलाथ्व,पूर्णिमा,सोमबार
मुरारी तामाङ
उपप्रमुख
टोखा नगरपालिका
क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगरपालिकाको १६ औं नगरसभा अधिवेशन सम्पन्न (पूर्ण पाठ सहित)
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
- ८बुढीगङ्गा पालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला
तपाईको कमेन्ट लेख्नुहोस्