Techie IT
मंगलबार, वैशाख ९,२०८२

रानीवारीका समाजसेवी आनन्द कुमार श्रेष्ठद्धारा राहात सहयोग


काठमाडौ । रानीवारीका समाजसेवी आनन्द कुमार श्रेष्ठले राहात सहयोग गरेका छन ।

कोरोना भाइरस कोभिड—१९ को संक्रमणवाट बच्न लकडाउनको कारण दैनिक ज्यालामजुरी गर्न नपाएपछि उनीहरुलाई समस्या परेका हुन् ।

आफ्नो टोलमा भएका एकल महिला, गरीब र सहारा बिहीन निम्म आय भएका दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई उनले राहात सहयोग गरेका छन ।

स्वर्ग–नर्क यहि हो । मरेपछिको संसार कसले देखेको छ र र पाप–पूण्य जे गर्ने भए पनि यहि जन्ममा हो । त्यसैले किन मनमा घृणा पाल्नु, सकेसम्म सद्भाव र माया नै बाँड्नु पर्छ।’ श्रेष्ठको भनाई छ ।

मनका धनी श्रेष्ठले टोलवरीपरी बसोवास गर्ने निम्म आय भएका करिव ३३ परिवारलार्ई १० किलो चामल , १ लिटर तेल , १ किलो दाल ,चिनि , तोफु , सावुन लगायतका खाध्यान साम्रागी सहयोग गरेका छन ।

सो राहातले केही दिन चुलो बाल्न सहयोग हुने स्थानिय बताउछन।

खाद्यन्न अभावका कारण जयालमजदरी गरी पेटपाल्नेको विहान बेलुकी चुलोमा आगो वल्न छोडेपछि थारैभएपनि राहात महशुस भएको राहात पाएका मजदुरहरु बताउछन।

सरकारले लकडाउन प्रभावितका लागि भनेर आफूखुसी राहात वितरण गर्न नपाइने र भिडभाड हुन नदिने भनेको कारण सो बितरण गर्दे भिडभाड नहुने गरि स्थानिय पसलबाट तोकीएको ब्यक्तीलाई सो साम्रागी उपलब्ध गराई उनले राहात अनुसारको रकम पसलमा भुक्तनी दिएका हुन ।


क्याटेगोरी : समाचार
ट्याग : #आनन्द कुमार श्रेष्ठ, #रानीवारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:29 am6:34 pm +0545